Trending
Prev Story
Next Story

चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

Onlinekhabar •
November 13, 2026 • 06:31 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै …

चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ ।

बिहान सवा ११ बजेदेखि नै छलफल सुरु भएको हो ।

रास्वपाका २० जना नेता हरू आइतबार (२९ कात्तिक) देखि चीन भ्रमणमा जाँदै छन् ।

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपामा २० जना सांसद चीन जान लागेका हुन् ।

चिन जानु अगाडि उनीहरूले प्रधानमन्त्री बालेनसँग भेटेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निमन्त्रणामा रास्वपा सांसदहरूको प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्नेछ । उक्त भ्रमणको समयावधि ११ दिनको रहेको छ ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

सांसदहरूको प्रतिनिमिण्डलले चीनका बिभिन्न शहरको भ्रमण गर्नेछ । बेइजिङ, हाङचोउ, सिचुवान लगायतका ठाउँको भ्रमण गर्नेछन् ।

चिन भ्रमणमा निस्कनुअगाडि सांसदहरूको टोलीले प्रधानमन्त्री बालेनसँग छलफल गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

#मन्त्रिपरिषद् #बालेन-शाह #चीन
Compare →
Ekantipur
49m ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#रास्वपा #चीन #सांसद
Compare →
Nagarik News
8h ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #रास्वपा #चीन
Compare →

Related Stories

Politics & Governance
Build #2611