Trending
Prev Story
Next Story

रास्वपा सांसदलाई प्रधानमन्त्री बालेनको निर्देशन : चीन भ्रमण पर्यटकीय घुमघाममा मात्र सीमित नबनाउनू

Hamro Patro News •
November 13, 2026 • 08:48 AM
1
1 reads 0 reactions

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ...

1 / 2
Swipe Photos

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा चीन भ्रमणको तयारी, भ्रमणका एजेन्डा तथा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री शाहले नेपाल र चीनबीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। व्यापार तथा व्यवसाय, प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्ने प्रधानमन्त्रीको जोड रहेको उनले बताए।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #चीन #भ्रमण
Compare →
Onlinekhabar
9h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#बालेन-शाह #चीन #भ्रमण
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#चीन #भ्रमण #रास्वपा
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#मन्त्रिपरिषद् #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2611