Trending
Prev Story
Next Story

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

Ekantipur •
November 13, 2026 • 12:32 PM
1
1 reads 0 reactions

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

काठमाडौँ — आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा लेखक मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ लोकार्पण गरिएको छ ।

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो । पूर्वराजदूत गणेश योञ्जन तामाङ, समाजशास्त्री मुक्त सिंह लामा, लेखक युग पाठक, भाषाविद् अमृत योञ्जन तामाङ, साहित्यकार तथा समालोचक कुमारी तामाङ र लेखक गोलेले पुस्तक विमोचन गरेका हुन् ।

नेपाल तामाङ घेदुङका निवर्तमान अध्यक्षसमेत रहेका गोलेका यी नवौं कृति हुन् । पुस्तक ताम्सालिङ नलेज सेन्टरले प्रकाशन गरेको हो ।

कार्यक्रममा पूर्वराजदूत गणेश योञ्जन तामाङले तामाङ समुदायले संगठित भएर आफ्ना मुद्दा उठाउन सके राज्यसँग विभेदका विषयमा प्रभावकारी संवाद गर्न सक्ने बताए । पुस्तकले तामाङ राष्ट्रको राजनीतिबारे थप अध्ययन र अनुसन्धानका लागि आधार तयार गरेको उनको भनाइ थियो ।

'पुस्तकमा सबै कुरा पूर्ण छन् भन्न खोजेको होइन । तर यसले थप अनुसन्धानका लागि प्रशस्त ठाउँ औंल्याएको छ,' उनले भने, 'थप अध्ययन अनुसन्धान गरेर नेपाली समाजलाई तामाङ राष्ट्रबारे बुझाउन सकिनेछ भन्ने आशा लिएको छु ।'

समाजशास्त्री मुक्त सिंह लामाले पुस्तकमा विगतमा तामाङ समुदायमाथि भएको उत्पीडन, शोषण र दमनका विषय समेटिएको बताए । विगतको समीक्षा गर्नुको उद्देश्य भविष्यको बाटो पहिल्याउनु भएको उनको भनाइ थियो । राष्ट्र, राज्य र स्वायत्तताका विषयमा थप छलफल आवश्यक रहेको उल्लेख गर्दै उनले तामाङ समुदायको प्रथाजनित कानुन, व्यवस्था र परम्पराको अध्ययन तथा पुनर्जीवनमा जोड दिनुपर्ने बताए । परम्परागत व्यवस्थाको मूल मर्म पहिचान गरी वर्तमान सन्दर्भअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

तामाङ समुदायले राजनीतिक सत्ता गुमाए पनि आफ्नो सांस्कृतिक सत्ता र पहिचान जोगाइराखेको लामाले बताए । भाषा, संस्कार र परम्परामा समुदायको निरन्तरता रहेको उनको भनाइ थियो ।

तामाङ इतिहासलाई उत्पीडनको दृष्टिले मात्रै नभई समुदायको सार्वभौम पहिचान र संघर्षको इतिहासका रूपमा पनि हेर्नुपर्ने उनले बताए । पुस्तकमा यी दुवै पक्ष झल्किएको उल्लेख गर्दै उनले दोस्रो संस्करणमा थप सुधार गर्न सुझाव दिए ।

लेखक तथा विश्लेषक युग पाठकले तामाङ समुदायले राजनीतिक संगठन निर्माण गर्ने हो भने पुर्खाको ज्ञानसँगै नयाँ ज्ञानको विकासमा पनि ध्यान दिनुपर्ने बताए । गोलेले पुस्तकमार्फत एउटा प्रस्तावना अघि सारेको उल्लेख गर्दै उनले त्यसलाई आधार बनाएर थप बहस गर्न आह्वान गरे ।

भाषाविद् अमृत योञ्जन तामाङले गोलेको पत्रकारिताको अनुभव लेखनमा पनि देखिएको बताए । दुवै पुस्तकको भाषा प्रवाहपूर्ण रहेको उल्लेख गर्दै उनले घटनाको विवरण प्रस्तुत गर्नुका साथै त्यसको कारण र पृष्ठभूमिको खोजीमा जोड दिन सुझाव दिए ।

उनले २०५२/५४ सालतिरका आन्दोलन र दुई वर्षअघि भगवती पाण्डेविरुद्ध भएको आन्दोलनलाई पुस्तकमा समेट्नुपर्ने बताए । लेखकले इतिहासका घटनालाई इमानदारीपूर्वक प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।

साहित्यकार तथा समालोचक कुमारी तामाङले पुस्तकमा सांस्कृतिक पहिचानको सवाल र तामाङ संस्कार तथा संस्कृतिका विविध आयाम संक्षिप्त रूपमा समेटिएकाले नवपुस्ताका लागि उपयोगी हुने बताइन् ।

लेखक गोलेले गहन अध्ययनभन्दा पनि आन्दोलनकै रूपमा पुस्तक प्रकाशन गरेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
होडिङ बोर्डको नम्बरबाट सम्पर्क, प्रलोभनमा पारेर लुटपाट

होडिङ बोर्डको नम्बरबाट सम्पर्क, प्रलोभनमा पारेर लुटपाट

काठमाडौं । सिन्धुपाल्चोकका सुजन तामाङ एक हप्तादेखि प्रहरीको थुनामा छन् । प्रहरी वृत्त बौद्धको टोलीले २८ वर्षीय तामाङलाई नक्कली डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ गर्न खोजेको थियो । पक्राउ गर्न ...

#तामाङ #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2611