काठमाडौँ । नेकपा नेता देवेन्द्र पौडेलले सरकार संवाद, सहकार्य र जनतालाई राहत दिने काममा चुकेको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकार नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय तथा राजनीतिक दलहरूसँग संवाद र छलफल गरेर अघि बढ्न तयार नदेखिएको बताए ।
सरकारले उठेका प्रश्नहरूको जवाफ दिनसमेत तत्परता नदेखाएको उनको भनाइ छ । उनले भने, ‘राष्ट्रिय मुद्दाहरूमा सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा त्यसो हुन सकेको छैन। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा पनि पर्याप्त तयारी, साझा धारणा र परिपक्वता आवश्यक हुनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )