Trending
Prev Story
Next Story

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

Nagarik News •
November 13, 2026 • 09:55 AM
1
1 reads 0 reactions

उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

पौडेलले सरकारले आफ्नै पार्टीमा मात्र नभई अन्य दलमा पनि कसलाई सभापति बनाउने, कसको पार्टी फुटाउने र कसलाई कुन आरोप लगाउने भन्ने गतिविधिमा चासो देखाइरहेको आरोप लगाए। आफ्नै पार्टीभित्र सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई कसरी कमजोर बनाउने भन्ने धन्दामा सरकार नेतृत्वको दल लागेको उनको दाबी थियो।

‘रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुपर्‍यो ?’ भन्दै उनले सरकारको यस्तो गतिविधिले मुलुकमा राजनीतिक गुटबन्दीको नयाँ अभ्यास सुरु गर्न खोजिएको आभास भएको बताए।

विगतमा राज्यसत्ता कब्जा गरेर शासन गर्ने प्रयास भएजस्तै अहिले पनि त्यही प्रकृतिका गतिविधि भइरहेको उनको आरोप थियो। पौडेलले विगतको सरकार र अहिलेको सरकारको कार्यशैलीमा कुनै भिन्नता नरहेको टिप्पणी गरे।

रास्वपा नेतृत्वको सरकारसँग आलोचना र प्रश्नको सामना गर्ने क्षमता नरहेको आरोप लगाउँदै उनले सरकारका गतिविधिले नेपालको लोकतान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न गर्न सक्ने बताए। जनताको अपेक्षाविपरीत सरकार अघि बढिरहेको उनको भनाइ थियो।

दुई तिहाइ बहुमत प्राप्त सरकारलाई अझै के चाहिएको हो भन्दै पौडेलले प्रश्नसमेत गरे। कांग्रेस प्रश्न गर्ने पार्टी भएकाले उसले सरकारका कामकारबाहीमाथि प्रश्न नगरोस् भन्ने उद्देश्यले विभिन्न प्रपञ्च रचिएको उनको आरोप थियो।

विधिको शासन र कानुनी राज्य कायम रहेसम्म निर्दोष व्यक्तिलाई दोषी साबित गर्न नसकिने उल्लेख गर्दै उनले सरकारले कानुनी प्रक्रियाभन्दा बाहिर गएर कसैलाई निशाना बनाउन नसक्ने बताए।

प्रकाशित: २७ कार्तिक २०८३ १५:४० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा...

#पौडेल #हस्तक्षेप #प्रदीप
Compare →
Onlinekhabar
4h ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#पौडेल #प्रदीप #सरकारले
Compare →
Ekantipur
6d ago
'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू]

'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू]

मिडियामाथि सरकारी नियन्त्रणको प्रयास र दबाबविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

#हस्तक्षेप
Compare →

Related Stories

Politics & Governance
Build #2611