Trending
Prev Story
Next Story

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

Nagarik News •
November 12, 2026 • 01:42 PM
1
1 reads 0 reactions

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारी सहभागी चियापान कार्यक्रममा पार्टीका दुई समूहबीच झडप भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

झडपमा केही कार्यकर्तासमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भलुही टोलमा छठ पर्वको अवसरमा सांसद अन्सारीलाई बोलाएर चियापान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्ने क्रममा रास्वपाका स्थानीय कार्यकर्ता असलम देवाना र सुवास मन्सुरी पक्षबीच विवाद सुरु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार कार्यक्रममा बोल्ने क्रममा दुई समूहबीच विवाद सुरु भई झडपमा परिणत भएको थियो।

कार्यकर्ताहरूबीच कुटाकुट हुन थालेपछि सांसद अन्सारी कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

झडपमा घाइते भएकाहरूलाई वीरगञ्जस्थित गण्डकमा रहेको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि लगिएको थियो। घाइतेको उपचार गराउन अस्पताल पुगेका दुवै समूहका कार्यकर्ताबीच अस्पताल परिसरमै पुनः विवाद र झडप भएको थियो।

अस्पताल परिसरमा समेत झडप भएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २६ कार्तिक २०८३ १९:२७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
17h ago
चियापान कार्यक्रममा रास्वपाभित्रै कुटाकुट

चियापान कार्यक्रममा रास्वपाभित्रै कुटाकुट

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अंसारी सहभागी चियापान कार्यक्रमपछि बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही गाउँमा पार्टीकै दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार...

#रास्वपा #चियापान #झडप
Compare →
Ekantipur
22h ago
रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते

रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते

घाइतेहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहँदा गाउँबाट पुगेका कार्यकर्ताबीच अस्पतालमै फेरि झडप हुन थालेपछि वीरगन्जको इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

#झडप #रास्वपा #सांसद
Compare →
Onlinekhabar
14h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा #सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612