Trending
Prev Story
Next Story

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

Nagarik News •
November 12, 2026 • 01:49 PM
1
1 reads 0 reactions

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधनमा कपिलवस्तुका तीन स्थानीय तहले शुक्रबार शोक बिदा दिएका छन्।

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

२०२७ देखि २०५९ सालसम्म २५ वर्षभन्दा बढी समय स्थानीय नेतृत्वमा सक्रिय रहेका गुप्ताले प्रधानपञ्चदेखि मेयरसम्मको जिम्मेवारी सम्हालेका थिए। उनको निधनप्रति दुःख व्यक्त गर्दै कपिलवस्तु नगरपालिका, महाराजगन्ज नगरपालिका र यशोधरा गाउँपालिकाले कात्तिक २७ गते शोक बिदा दिने निर्णय गरेका हुन्। तीनै स्थानीय तहले शोक विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जनाएका छन्।

गुप्ता २०२७ सालमा बरगदवा गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए। २०३३ सालमा बरगदवा गाउँ पञ्चायत र तौलिहवा आदर्श गाउँ पञ्चायत एकीकरण भएपछि बनेको तौलिहवा आदर्श गाउँ पञ्चायतको उपप्रधानपञ्चसमेत भएका थिए।

त्यसपछि २०३९ सालमा तौलिहवा आदर्श गाउँ पञ्चायतको प्रधानपञ्च र २०४३ सालमा तौलिहवा नगर पञ्चायतको निर्वाचनमा प्रधानपञ्च निर्वाचित भएका थिए। २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि २०४९ र २०५४ सालमा भएका स्थानीय निर्वाचनमा पनि उनी दुईपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नगरप्रमुखमा विजयी भएका थिए।

तर, २०७४ सालमा कपिलवस्तु नगरपालिकाको नगरप्रमुख पदमा भने उनी पराजित भएका थिए। त्यसबेला उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

गुप्ता कपिलवस्तुका लोकप्रिय नेता भगवानदास गुप्ताका भाइ तथा पूर्वसांसद बृजेश कुमार गुप्ताका काका हुन्।

प्रकाशित: २६ कार्तिक २०८३ १९:३४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहान ...

#कपिलवस्तु #गुप्ता #नगरपालिका
Compare →
Ekantipur
1d ago
पूर्वनगरप्रमुखको निधनमा कपिलवस्तुका दुई स्थानीय तहमा शुक्रबार बिदा

पूर्वनगरप्रमुखको निधनमा कपिलवस्तुका दुई स्थानीय तहमा शुक्रबार बिदा

दीर्घरोगबाट पीडित ८२ वर्षीय गुप्ताको बिहीबार निधन भएको हो ।

#कपिलवस्तु #गुप्ता #नगरपालिका
Compare →
Onlinekhabar
19h ago
चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली …

#शोक #बिदा
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#निधन
Compare →

Related Stories

Politics & Governance
Build #2611