Trending
Prev Story
Next Story

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

Ekantipur •
November 13, 2026 • 02:32 AM
1
1 reads 0 reactions

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्तको निधनमा जिल्लाका ५ स्थानीय तहले शुक्रबार शोक बिदा दिएका छन् ।

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

उक्त नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षद्वारा प्रकाशित शोक विज्ञप्तिमा जिल्लाले विकासप्रेमी र असल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

स्वच्छ छविका नेताका रूपमा स्थापित गुप्तको निधनले अपूरणीय क्षति पुगेको भन्दै उनको अभाव सधैं रहिरहने उल्लेख गरेका छन् । शुक्रबार स्थानीय तहले सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थामा शोक बिदा दिएको जनाएका छन् ।

२०२७ सालदेखि राजनीति गर्दै आएका गुप्त २५ वर्षभन्दा बढी समय कपिलवस्तु नगरपालिकाको नेतृत्वमा रहेका थिए । २०३९ सालमा तौलिहवा नगर पञ्चायत स्थापना भएपछि उनी नगरप्रमुखमा निर्वाचित भएका थिए । ०४३ सालमा पनि उनी नगर पञ्चायतको नगरप्रमुखमा निर्वाचित भएका थिए । त्यसैगरी, २०४८ र २०५४ सालमा कपिलवस्तु नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत मेयर पदका उम्मेदवार बनेका उनी पराजित भएका थिए ।

लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित ८२ वर्षीय गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहीबार बिहान ६ बजे निधन भएको उनका छोरा अखिलेश गुप्तले बताए । उनको दाहसंस्कार शुक्रबार गर्ने बताइएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा

कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा

रुपन्देही । कपिलवस्तु नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । तिहारपछि शुक्रबार कार्यालय खुल्ले भएपनि का पूर्व नगरप्रमुख रामदास गुप्ताको निधनमा नगरपालिकाले शुक्रबार(कात्तिक २७)शोक बिदा दिएको हो । ...

#कपिलवस्तु #शोक #शुक्रबार
Compare →
Nagarik News
1d ago
कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

#कपिलवस्तु #शोक #नगरपालिका
Compare →
Onlinekhabar
14h ago
चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली …

#शोक #गाउँपालिका #बिदा
Compare →

Related Stories

National (Nepal)
Build #2611