Trending
Prev Story
Next Story

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

Ekantipur •
November 13, 2026 • 06:31 AM
1
1 reads 0 reactions

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

रौतहट — मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । एउटै गाउँका ठूलो संख्यामा स्थानीयको ज्यान गएपछि सुन्दरपुर शोकमा डुबेको छ । गाउँपालिकाले बिहीबार साँझ सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सोही क्रममा मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । अध्यक्ष यादवले यस दुःखद् घडीमा गाउँपालिका पीडित परिवारको साथमा रहने बताए ।

‘गाउँपालिकाको तर्फबाट होस् वा व्यक्तिगत रूपमा, यस्तो विपद्का बेला मानवीय हिसाबले पनि जनप्रतिनिधिको दायित्व हुन्छ,’ उनले भने, ‘तत्कालका लागि केही सहयोग गर्ने निर्णय गरेका छौँ । हामी पीडित परिवारको साथमै रहनेछौँ ।’

अध्यक्ष यादवका अनुसार शुक्रबार पालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाबाहेक नियमित सेवा प्रवाह गर्ने अन्य कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना र सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको ज्यान गएको थियो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
14h ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#गाउँपालिका #मृत्यु #चक्रघट्टा
Compare →
Onlinekhabar
14h ago
चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली …

#दुर्घटना #गाउँपालिका #चक्रघट्टा
Compare →
Hamro Patro News
12h ago
स्थानीय सरकारले दियाे शुक्रबार शाेक बिदा, मृतकका परिवारलाई ५० हजार दिने निर्णय

स्थानीय सरकारले दियाे शुक्रबार शाेक बिदा, मृतकका परिवारलाई ५० हजार दिने निर्णय

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय नागरिकका प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

#दुर्घटना #गाउँपालिका #चक्रघट्टा
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #मृतक
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #दुर्घटना
Compare →

Related Stories

World News
Build #2611