Trending
Prev Story
Next Story

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

Nagarik News •
November 13, 2026 • 01:00 AM
1
1 reads 0 reactions

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका–१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली–लप्से जोड्ने पुल निर्माण भएपछि दुवै पालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको छ।

बाह्रबिसे नगरपालिका–१ का वडाध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार पुल निर्माणअघि वर्षायाममा बाढी, पहिरो र खोलामा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो। विशेषगरी विद्यालय जाने विद्यार्थी बढी प्रभावित हुने गरेका थिए।

'यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी मात्र नभई विभिन्न स्थानबाट आउने मानिसलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो,' उनले भने, 'पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ।'

पुल नहुँदा बजार जानसमेत लामो र अप्ठ्यारो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय रमेश पौडेलले बताए। उनका अनुसार पहिले डेढ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था रहेकामा पुल बनेपछि आवतजावत सहज भएको छ। पुलले स्थानीयको दैनिक आवतजावत सहज बनाउनुका साथै दुई पालिकाबीचको सम्पर्कसमेत बलियो बनाएको छ।

प्राकृतिक तथा ग्रामीण सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि पुलले सहयोग पुर्‍याउने अपेक्षा गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताए। उनले पुल निर्माणले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन र पर्यटकीय गन्तव्यसम्मको पहुँच सहज बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २७ कार्तिक २०८३ ०६:४५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पु...

#पुल #झोलुङ्गे
Compare →
Ekantipur
1d ago
सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्।

#पुल #झोलुङ्गे
Compare →
Onlinekhabar
4d ago
स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

२३ कात्तिक, रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो । गोसाइँकुण्ड …

#पुल #आवतजावत #सहज
Compare →
Bizshala
15h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

World News
Build #2611