Trending
Prev Story
Next Story

पूर्वनगरप्रमुखको निधनमा कपिलवस्तुका दुई स्थानीय तहमा शुक्रबार बिदा

Ekantipur •
November 12, 2026 • 12:01 PM
1
1 reads 0 reactions

दीर्घरोगबाट पीडित ८२ वर्षीय गुप्ताको बिहीबार निधन भएको हो ।

पूर्वनगरप्रमुखको निधनमा कपिलवस्तुका दुई स्थानीय तहमा शुक्रबार बिदा

दीर्घरोगबाट पीडित ८२ वर्षीय गुप्ताको बिहीबार निधन भएको हो ।

कपिलवस्तु — कपिलवस्तु र महाराजगंज नगरपालिकाले शुक्रबार शोक बिदा दिएका छन् । तिहारपछि शुक्रबार कार्यालय खुल्ले भए पनि कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख रामदास गुप्ताको निधनमा दुबै नगरपालिकाले शुक्रबार शोक बिदा गरेका हुन् ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल र महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दल कलामले बिहीबार सूचना जारी गर्दै जिल्लाका विकासप्रेमी नेताका रुपमा स्थापित गुप्ताको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । दुवै नगरपालिकाले शुक्रबार पालिका तथा वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थामा शोक बिदा दिएको जनाएका छन् ।

२०२७ सालदेखि राजनीति गर्दै आएका गुप्ता २५ वर्षबढीदेखि कपिलवस्तु नगरपालिकाको नेतृत्वमा रहेका थिए। २०३९ सालमा तौलिहवा नगर पञ्चायत स्थापना भएपछि उनी नगर प्रमुख निर्वाचित भएका थिए ।

०४३ सालमा पनि उनी नगर पञ्चायतको प्रमुख निर्वाचित भएका थिए । त्यसैगरी, २०४८ र २०५४ सालमा कपिलवस्तु नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नगरप्रमुखका उम्मेदवार बनेका उनी पराजित भएका थिए ।

लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित ८२ वर्षे गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहीबार बिहान ६ बजे निधन भएको हो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

#नगरपालिका #निधन #कपिलवस्तु
Compare →
Hamro Patro News
1d ago
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहान ...

#नगरपालिका #निधन #कपिलवस्तु
Compare →
Onlinekhabar
9h ago
कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर …

#निधन
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#निधन
Compare →

Related Stories

National (Nepal)
Build #2611