काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ।
नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणका विषयमा छलफल गर्न टोली शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार गएका थिए। छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका नेता एवं सांसद कविन्द्र बुर्लाकोटीले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको जानकारी दिए।
Read full story at source ( nepalsamaya.com )