Trending
Prev Story
Next Story

वीरगन्ज नाकाबाट इन्धन आयातमा झन्डै दोब्बर वृद्धि, राजस्व भने सामान्य मात्रै बढ्यो

Ekantipur •
November 08, 2026 • 07:32 AM
1
1 reads 0 reactions

गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा डिजेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको आयात बढ्दा पेट्रोल र मट्टितेलको आयात भने घटेको छ ।

वीरगन्ज नाकाबाट इन्धन आयातमा झन्डै दोब्बर वृद्धि, राजस्व भने सामान्य मात्रै बढ्यो

गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा डिजेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको आयात बढ्दा पेट्रोल र मट्टितेलको आयात भने घटेको छ ।

पर्सा — वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातको मूल्य झन्डै दोब्बर पुगेको छ । गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा डिजेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको आयात बढ्दा पेट्रोल र मट्टितेलको आयात भने घटेको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ७१ अर्ब ३१ करोड रुपैयाँ बराबरका विभिन्न प्रकारका इन्धन आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब ३३ करोड रुपैयाँ बराबरका इन्धन आयात भएका थिए । एक वर्षको अवधिमा इन्धन आयातको मूल्य ३२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् करिब ८६ प्रतिशतले बढेको हो ।

तर इन्धन आयातको मूल्यमा ठूलो वृद्धि भए पनि त्यसबाट प्राप्त हुने राजस्व भने सामान्य मात्रै बढेको छ । चालु आवको पहिलो तीन महिनामा इन्धन आयातबाट १७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १६ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी इन्धन आयातको मूल्य ८६ प्रतिशतले बढ्दा राजस्व भने १ अर्ब ५२ करोड रुपैयाँ अर्थात् करिब ९ प्रतिशतले मात्रै बढेको छ ।

भन्सारको तथ्यांकअनुसार चालु आवको पहिलो तीन महिनामा डिजेल आयात उल्लेख्य बढेको छ । चालु आवको पहिलो ३ महिनामा यो नाका हुदै ३७ अर्ब २३ करोड रुपैया बराबरको २ लाख ३१ हजार ९ सय ५६ किलोलिटर डिजेल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा १५ अर्ब ७३ करोड रुपैया बराबरको १ लाख ७४ हजार ९ सय २४ किलोलिटर डिजेल आयात भएको थियो ।

मुलुकको यातायात, उद्योग, निर्माण तथा कृषि क्षेत्रमा प्रयोग हुने डिजेलको आयातमा भएको वृद्धिले समग्र इन्धन आयातको मूल्य बढाउन योगदान गरेको छ । त्यसैगरी खाना पकाउने एलपी ग्यासको आयात पनि गत वर्षको तुलनामा बढेको छ । चालु आवको पहिलो ३ महिनामा ११ अर्ब ५० करोड रुपैया बराबरको ८ करोड ५० लाख किलो एलपि ग्यास आयात भएको छ । जबकि गत आवको सोही अवधिमा ७ अर्ब ४९ करोड रुपैया बराबरको ७ करोड ३९ लाख किलो एलपि ग्यास आयात भएको थियो ।

चालु आवमा हवाई यातायातमा प्रयोग हुने हवाई इन्धनको आयातमा समेत वृद्धि भएको छ । यस अवधिमा यो नाका हुदै ८ अर्ब २ करोड रुपैया बराबरको ४७ हजार ९ सय ४० किलो लिटर हवाई इन्धत आयात भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ६ करोड रुपैया बराबरको ४५ हजार १ सय ६७ किलोलिटर हवाई इन्धन आयात भएको थियो ।

यस अवधिमा पेट्रोलको आयात भने घटेको छ । चालु आवमा १३ अर्ब ९० करोड रुपैया बराबरको १ लाख ७ हजार ६६ किलोलिटर पेट्रोल आायत भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ६ करोड रुपैया बराबरको ४५ हजार १ सय ६७ किलोलिटर हवाई इन्धन आयात भएको थियो । मट्टितेलको आयात पनि गत आवको सोही अवधिको तुलनामा कम भएको छ । चालु आवको यस अवधिमा यो नाका हुदै १२ करोड रुपैया बराबरको ७ सय ४२ किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा ८ अर्ब रुपैया बराबरको ९ सय ५० किलोलिटर मट्टितेल आयात भएको थियो ।

यसरी वीरगन्ज नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन, मट्टितेल विभिन्न प्रकारका इन्धन आयात हुने गरेका छन् । तीमध्ये डिजेल, एलपी ग्यास र हवाई इन्धनको आयात बढ्नु तथा पेट्रोल र मट्टितेलको आयात घट्नुले इन्धनको आयात संरचनामा परिवर्तन आएको देखाउँछ ।

इन्धन आयातको मूल्यमा भएको वृद्धिको तुलनामा राजस्व संकलनमा न्यून वृद्धि हुनु अर्थतन्त्रका दृष्टिले चासोको विषय बनेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य, आयातित परिमाण, वस्तुको संरचना र भन्सार तथा अन्य करको दरले राजस्वमा प्रभाव पार्ने गरेको छ ।

वीरगन्ज नाका मुलुकको प्रमुख व्यापारिक नाकामध्ये एक हो । यस नाकाबाट हुने इन्धन आयातको उतारचढावले मुलुकको वैदेशिक व्यापार, व्यापार घाटा र राजस्व संकलनमा समेत प्रभाव पार्ने गरेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
वीरगन्ज नाकाबाट भटमासको तेल निर्यात दोब्बरभन्दा बढी, पाम तेलको परिमाण घट्यो

वीरगन्ज नाकाबाट भटमासको तेल निर्यात दोब्बरभन्दा बढी, पाम तेलको परिमाण घट्यो

काठमाडौं – वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मिश्रित अवस्था देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा...

#वीरगन्ज #नाका #दोब्बर
Compare →
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#आयात #नाका
Compare →
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#वीरगन्ज
Compare →

Related Stories

Business & Economy
Build #2611