Trending
Prev Story
Next Story

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

Ekantipur •
November 08, 2026 • 07:31 AM
1
1 reads 0 reactions

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिइन् ।

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिइन् ।

काठमाडौँ — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन् ।

आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा उनले पशुपक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिइन् । उनका अनुसार २०७८ सालमा मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति पाएपछि पशु कल्याण विधेयकको मस्यौदा तयार गरी अघि बढाइएको छ । लामो समयदेखि पशु अधिकार र कल्याणका क्षेत्रमा छुट्टै कानुनको माग हुँदै आएकाले त्यसलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको उनले बताइन् ।

मन्त्री चौधरीले नेपालको संविधानले समेत पशु कल्याणसम्बन्धी व्यवस्था गरेको र मुलुकी अपराध संहिता, २०७४ मार्फत पशुपक्षीको संरक्षण तथा लापरबाहीपूर्वक पालन, बेवारिस रूपमा छाड्ने कार्य तथा निर्दयी व्यवहार नियन्त्रण गर्ने प्रावधान रहेको उल्लेख गरिन् ।

पशु कल्याण निर्देशिका, २०७३ ले पशु कल्याणका लागि स्पष्ट मार्गनिर्देशन गरेको पनि उनको भनाइ थियो । निर्देशिकाले पशु ढुवानीका क्रममा हुने क्रूरता निषेध गर्नुका साथै कामदार पशुलाई दैनिक बढीमा आठ घण्टा मात्रै काममा लगाउन पाउने र सातामा कम्तीमा एक दिन विश्राम दिनुपर्ने व्यवस्था गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
शेर्पा पहिरनमा कोप–३१ पुगिन् वनमन्त्री चौधरी, हिमाली क्षेत्रका समस्या विश्वमञ्चमा उठाउँदै

शेर्पा पहिरनमा कोप–३१ पुगिन् वनमन्त्री चौधरी, हिमाली क्षेत्रका समस्या विश्वमञ्चमा उठाउँदै

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएको छ ।

#चौधरी #कृषि
Compare →
Onlinekhabar
11h ago
सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

२७ कात्तिक, घोराही (दाङ)। दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ । सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक …

#चौधरी
Compare →
Nagarik News
1d ago
जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी

जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी

उनले गत वैशाख २५ (८ मे २०२६) मा नेपालले एलआइएफइ–एआरसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसको स्थापनासम्बन्धी प्रक्रिया अघि बढिरहेको बताइन्।

#चौधरी
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक #तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2611