रेडियन्ट कप बास्केटबल प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।
काठमाडौं — रेडियन्ट पब्लिक स्कुलको आयोजनामा १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबार सुरु हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा १२ र जुनियर ब्वाइज (यू–१२) मा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । जुनियर विधा पहिलो पटक समावेश गरिएको जनाइएको छ ।
प्रिन्सिपल केसीले ग्रासरुट तहदेखि नै बास्केटबल विकासमा सहयोग पु¥याउने उद्देश्यले पहिलो पटक जुनियर बास्केटबलको थालनी गरिएको बताए । सिनियर ब्वाइजमा रेडियन्ट र सिनियर गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने रेडियन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी दिइन् । ११ मंसिरसम्म लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिताका खेल स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।