Trending
Prev Story
Next Story

फुटबल: मेलबर्नमा एभरेस्ट सकर मिट हुँदै

Ekantipur •
November 17, 2026 • 01:32 PM
3
3 reads 0 reactions

एभरेस्ट युनाइटेडले आयोजना गर्ने प्रतियोगिताले विभिन्न सांस्कृतिक पृष्ठभूमिका समुदायलाई जोड्दै युवा तथा अनुभवी खेलाडीलाई मैदानमा अवसर दिनेछ ।

फुटबल: मेलबर्नमा एभरेस्ट सकर मिट हुँदै

एभरेस्ट युनाइटेडले आयोजना गर्ने प्रतियोगिताले विभिन्न सांस्कृतिक पृष्ठभूमिका समुदायलाई जोड्दै युवा तथा अनुभवी खेलाडीलाई मैदानमा अवसर दिनेछ ।

अस्ट्रेलिया — अस्ट्रेलियाको मेलबर्नमा एभरेस्ट सकर मिट २०२६ फुटबल प्रतियोगिता हुने भएको छ । आउँदो शनिबार र आइतबार हुने प्रतिस्पर्धामा तीन विधामा १६ टोलीले हभागिता जनाउने छन् ।

मेलबर्नमा रहेको आयोजक एभरेस्ट युनाइटेड क्लबले सियरा ओपन कप, एलायन्स वाइज कप र ग्रेस योङ गन्स कप विधामा प्रतिस्पर्धा हुने जनाएको छ । आयोजक क्लबका संयोजक मोहन हमालका अनुसार सियरा ओपन कपमा ६ टोलीको सहभागिता रहनेछ भने एलायन्स वाइज कपमा ३५ वर्ष वा सोभन्दा माथि उमेर समूहका ६ टोलीको सहभागिता रहनेछ ।

१० देखि १४ वर्ष उमेर समूहका खेलाडीसम्मिलित योङ गन्स कपमा ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सियरा ओपन र वाइज कप इलेभेन ए साइडमा खेलिनेछ भने योङ गन्स नाइन ए साइडमा हुनेछ ।

मेलबर्नकै होपर क्रसिङमा आयोजना हुन लागेको प्रतियोगिताको माध्यमबाट नयाँ खेलाडीको खोजी गरिनुका साथै बहुसांस्कृतिक समूह तथा पृष्ठभूमिबाट आएका सबैलाई एकैसाथ ल्याउने प्रयत्न रहेको आयोजकको भनाइ छ ।

फुटबलको माध्यमबाट आपसी भाइचारा, चिनजान बढाउने र समुदायका बीचमा आपसी समन्वय कायम गर्ने रहेको हमालले बताए ।

अस्ट्रेलियाको मेलबर्न पछिल्लो समयमा नेपाली फुटबलका लागि उर्बर बन्दै गएको छ । वर्षेभर हुने फुटबल प्रतियोगिताको माध्यमबाट नया“ प्रतिभाको खोजी गरी उनीहरूलाई स्थानीय फुटबलमा स्थान बनाउन प्रोत्साहन गर्ने गरिएको छ ।

केही वर्षदेखि नेपालबाट कयौं राष्ट्रिय तथा स्थानीय क्लबका फुटबल खेलाडी अस्ट्रेलिया आएका कारण समेत नेपाली फुटबलले लोकप्रियता पाइरहेको छ ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
21h ago
नेपाल फुटबल लिग सञ्चालन गर्न अनुमति

नेपाल फुटबल लिग सञ्चालन गर्न अनुमति

काठमाडौं : नेपाली फुटबलको व्यावसायिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ । नेपाल फुटबल लिगका अध्यक्ष क...

#फुटबल
Compare →
Onlinekhabar
1d ago
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

३० कात्तिक, काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय …

#फुटबल
Compare →
Nagarik News
2d ago
हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

#फुटबल
Compare →

Related Stories

Sports
Build #2612