Trending
Prev Story
Next Story

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

Nagarik News •
November 15, 2026 • 01:01 AM
4
4 reads 0 reactions

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। जिल्लाको दोस्रो ठूलो (एघार वडा रहेको) यो नगरपालिकाले जिल्लाका स्थानीय तहले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितामध्ये सर्वाधिक राशिको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो।

देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेगरी अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख विमला राईले जानकारी दिएकी छन्। “अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताले स्थानीय तथा ग्रामीणस्तरमा रहेका प्रतिभावान् फुटबल खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्ने हौसला मिल्ने विश्वास लिएका छौँ। यसले पालिकाहरूबीच समन्वय र भाइचारा कायम गर्दै खेलकुदको माध्यमबाट मित्रता, सद्भाव र आपसी सहयोगको भावनासमेत अभिवृद्धि गर्छ”, उनले भनिन्, “प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेछन्। नगरपालिकाको आफ्नै खेलमैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरूमा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार पार्ने अपेक्षा गरेका छौँ।”

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई दुई लाख २२ हजार २२२  रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। उपविजेता टोलीले एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा  सेमिफाइनलिष्ट दुई टोलीले जनही ५५ हजार ५५५ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ।

प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १०–१० हजार रुपैयाँ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ।

आगामी मङ्सिर १४ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका सबै खेल वडा नं ७ महादेवस्थानस्थित फुटबल खेलमैदान सञ्चालन हुने छ।

त्रिधार्मिकस्थल हलेसीस्थित महादेवस्थानमा सञ्चालन हुने ‘प्रथम पालिका कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका लागि यही कातिक १७ गते बसेको १५०औँ नगर कार्यपालिकाको बैठकले औपचारिक निर्णय गरेको थियो।

नगर कार्यपालिकाले गरेको निर्णयको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचना जारी गरेर अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बारेमा जानकारी दिएका हुन्।

अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय नियम (फिफाले निर्धारण गरेको नियम)अनुसार खेलाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। प्रत्येक नगर/गाउँपालिकाबाट एक टोली मात्र सहभागी हुन पाउने, सहभागिताका लागि नगर/गाउँपालिकाको पत्र र खेलाडीको परिचय खुल्ने नागरिकता/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने, तीन जना खेलाडी अन्तर नगर/गाउँपालिकाको राख्न पाइने र खेल नकआउट प्रणालीमा खेलाइने बताइएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ ०६:४६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जिल्लाको दोस्रो ठूलो (एघार वडा रहेको) यो नगरपालिकाले जिल्ल...

#फुटबल #तुवाचुङ #अन्तरपालिकास्तरीय
Compare →
Ekantipur
1d ago
हर्क साम्पाङ फुटबल कपमा नौ टिमबीच प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख नगद

हर्क साम्पाङ फुटबल कपमा नौ टिमबीच प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख नगद

कोशी प्रदेशका नौ टोली सहभागी हुने प्रतियोगिता मंसिर १७ गतेसम्म क्षेत्रीय रंगशालामा सञ्चालन हुनेछ।

#फुटबल
Compare →
Onlinekhabar
1w ago
उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

अहिले नेपालमा चाडपर्वको माहोल छ । सबैभन्दा ठूलो चाड दसैं सकियो । तिहार अब सुरू हनै लागेको छ । ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट …

#फुटबल
Compare →
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#फुटबल
Compare →

Related Stories

Sports
Build #2612