Trending
Prev Story
Next Story

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

Nagarik News •
November 15, 2026 • 01:12 AM
3
3 reads 0 reactions

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

भारतको अक्वा एफसी झारखण्डलाई ७-० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि २२औँ मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो। खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३-० को अग्रता बनाएको थियो।

दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपिएफ ७-० गोलअन्तरले विजयी भएको हो।

खेलको ‘म्यान अफ दी म्याच’ एपिएफकी पूर्णिमा राई घोषित भइन्। उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबिच प्रतिस्पर्धा हुनेछ। डी-१९ क्लब धरान-१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। रासस

प्रकाशित: २९ कार्तिक २०८३ ०६:५७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित

नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा डेनमार्कले पोर्चुगलमाथि ४–१ गोलको फराकिलो जित हात पारेको छ । ब्रागास्थित ‘इस्टाडियो म्युनिसिपल’ रङ्गशालामा सम्पन्न समूह ‘डी’ को पाँचौँ खेलमा उ...

#गोल #पराजित
Compare →
Ekantipur
9h ago
प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : एपीएफको विजयी सुरुवात, झारखण्ड ७–० ले पराजित

प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : एपीएफको विजयी सुरुवात, झारखण्ड ७–० ले पराजित

पूर्णिमा राईको चार गोल मद्दतमा एपीएफले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्घाटन खेल जित्दै सेमिफाइनलमा स्थान बनायो ।

#गोल #गोल्डकप #पराजित
Compare →
Onlinekhabar
21h ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#गोल #मिनेट
Compare →

Related Stories

Sports
Build #2612