Trending
Prev Story
Next Story

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

Onlinekhabar •
November 14, 2026 • 04:30 AM
2
2 reads 0 reactions 4 comments

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् ।

फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो ।

सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो । त्यसपछि फ्लोरिन विर्ट्जले १४औं र ब्राजन ग्रुडाले ५०औं मिनेटमा गोल गरे । सर्बियाका लागि स्रजान बाबिचले ५६औं मिनेटमा एक गोल फर्काए ।

ड्रागोजेभिचले ७६औं र जिभकोभिचले ८९औं मिनेटमा रातो कार्ड पाएपछि सर्वियाले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

यस्तै टिजानी रेइन्जर्सको ह्याट्रिक मदतमा नेदरल्यान्ड्सले ग्रिसलाई ७–० को फराकिलो अन्तरले हरायो ।

जाभी हर्नान्डेजको डच टोलीलाई फराकिलो जित दिलाउने क्रममा रेइन्जर्सले १२औं, १८औं र ३३औं मिनेटमा गोल गरे । त्यसअघि समरभिलले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जस्टिन टिम्बरले ४०औं र ५९औं मिनेटमा गोल गरे भने डोनयेल मालानले ६१औं मिनेटमा एक गोल थपे ।

लिग ए अन्तर्गत ग्रुप टु मा रहेको नेदरल्यान्ड्स ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ८ अंसकिहत ग्रिस दोस्रो स्थानमा छ ।

यस्तै यसै समूहमा रहेको जर्मनी दोस्रो जितपछि ८ अंक जोडेर तेस्रो स्थानमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3h ago
जर्मनी र नेदरल्यान्ड्स विजयी

जर्मनी र नेदरल्यान्ड्स विजयी

योर्गन क्लोपको जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो भने नेदरल्यान्ड्स ग्रिसमाथि ७–० ले विजयी रह्यो ।

#जर्मनी #नेदरल्यान्ड्स #विजयी
Compare →
Hamro Patro News
1h ago
नौ खेलाडीमा सीमित सर्बियामाथि जर्मनीको जित

नौ खेलाडीमा सीमित सर्बियामाथि जर्मनीको जित

म्युनिख । नेसन्स लिगअन्तर्गत समूह ‘ए२’ को खेलमा जर्मनीले नौ खेलाडीमा सीमित सर्बियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। यो नतिजासँगै जर्मनीका मुख्य प्रशिक्षक योर्गन क्लोपले टोली सम्हालेपछिको दोस्रो ...

#जर्मनी #नेसन्स
Compare →
Arthasansar
1d ago
इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

कप्तान ह्यारी केनले इंग्ल्यान्डका लागि कीर्तिमानी १ सय २६ औं खेलमा गोल गर्दा इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ ले...

#नेसन्स #लिग
Compare →

Related Stories

Sports
Build #2612