Trending
Prev Story
Next Story

रोमा ३–० ले विजयी, अंक तालिकाको दोस्रो स्थानमा उक्लियो

Ekantipur •
November 08, 2026 • 02:31 AM
1
1 reads 0 reactions

शनिबार स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि मारियो हर्मोसो र रोड्रिगो मोराले गोल गरे भने एक गोल सासुओलोका खेलाडीबाट आत्मघाती भएको थियो ।

रोमा ३–० ले विजयी, अंक तालिकाको दोस्रो स्थानमा उक्लियो

शनिबार स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि मारियो हर्मोसो र रोड्रिगो मोराले गोल गरे भने एक गोल सासुओलोका खेलाडीबाट आत्मघाती भएको थियो ।

काठमाडौँ — इटालियन सिरी ए फुटबलमा रोमाले सासुओलोलाई ३–० गोलले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि मारियो हर्मोसो र रोड्रिगो मोराले गोल गरे भने एक गोल सासुओलोका खेलाडीबाट आत्मघाती भएको थियो ।

रोमाले खेलको २७औँ मिनेटमा हर्मोसोको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि सासुओलोका सेबास्टियन वालुकिएभिचले बल आफ्नै पोस्टमा छिराएपछि रोमाको अग्रता दोब्बर भयो ।

दोस्रो हाफको ५८औँ मिनेटमा रोड्रिगो मोराले तेस्रो गोल थप्दै रोमाको जित सुनिश्चित गरे । यस जितसँगै अपराजित रहेको रोमाले ११ खेलबाट २७ अंक जोडेको छ ।

टोली शीर्षस्थानको लाजियोभन्दा एक अंकले पछाडि छ । तेस्रो स्थानको इन्टर मिलानभन्दा भने रोमाले दुई अंकको अग्रता बनाएको छ ।  लिगमा अहिलेसम्म अपराजित रहेका रोमासँगै लाजियो मात्रै दुई टोली हुन् । लाजियोले आइतबार नापोलीसँग खेल्दा इन्टर मिलानले कोमोको सामना गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
19h ago
चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै

चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौँ खेलमा स्पेनले चेक रिपब्लिकमाथि २-० गोलको सहज जित दर्ता गरेको छ । समूह 'सी' अन्तर्गत भएको यस खेलमा स्पेनले पहिलो हाफमै अग्रता लिएको थियो। खेल...

#गोल #स्थान
Compare →

Related Stories

Sports
Build #2611