Trending
Prev Story
Next Story

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

Onlinekhabar •
November 14, 2026 • 04:31 AM
10
10 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ ।

पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

उनका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले तत्काल कुनै जोखिम छैन । पहिरोका कारण बूढीगण्डकी नदी थुनिने खतरा पनि नरहेको उनले स्पष्ट पारे ।

‘बूढीगण्डकीमा केही छिटपुट मात्रै आइपुगेको छ । नदी थुनिने अवस्था अहिले छैन । पछि आयो भने बेग्लै कुरा हो । पहिरो खसेको ठाउँ फराकिलो र पाखा भएकाले त्यस्तो खतरा छैन,’ अध्यक्ष गुरुङले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाले पनि उक्त स्थानमा सुक्खा पहिरो खसेको बताएको छ ।

गोरखाका एसपी अनिलकुमार खड्काले अनलाइनखबरसँग भने, ‘धार्चे गाउँपालिका-१ को ठाडो भर्‍याङमा धुलोसहितको ठूलो पहिरो खसेको छ । पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । धुलो सडकसम्म आइपुगेको छ । बूढीगण्डकी नदी थुनिने अवस्था पनि छैन ।’

पहिरो खसेको ठाउँमा प्रहरीको टोली जाँदै गरेको उनले बताए ।

एसपी खड्काका अनुसार आज बिहान ९ बजेको समयमा एक्कासि सुक्खा पहिरो खसेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो, बूढीगण्डकी थुनिने खतरा कति ?

गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो, बूढीगण्डकी थुनिने खतरा कति ?

काठमाडौं । गोरखाको धार्चेमा ठूलो सुक्खा पहिरो खसेपछि बूढीगण्डकी नदी प्रभावित हुने आशंका गरिएको छ । धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शुक्रबार बिहान एक्कासि पहिरो खसेको हो । प...

#पहिरो #गोरखा #ठाडो
Compare →
Ekantipur
23h ago
उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।

#पहिरो #ठाडो #गोरखा
Compare →
Nagarik News
1d ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#पहिरो #गोरखा
Compare →
Bizshala
1d ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#पहिरो
Compare →
Arthasansar
5d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

National (Nepal)
Build #2612