Trending
Prev Story
Next Story

उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

Ekantipur •
November 14, 2026 • 06:32 AM
2
2 reads 0 reactions

धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।

उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।

गोरखा — धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए । पहिरोले क्षति भने नगरेको उनको भनाइ छ ।

‘ढुंगा र ढिस्को खसेको हो, झरेका ढुंगाहरू कुनामै रोकिएका छन्, बुढीगण्डकीसम्म आइपुगेन,’ उनले भने, ‘साढे आठ बजेतिर एक्कासि पहिरो आएको हो ।’ अहिले पहिरो रोकिएको पनि उनले बताए । यारुबगरको क्यान्टिलिभर पुल नजिकैबाट पहिरो खसेको उनले बताए ।

ठूलो आवाजसहित पहिरो खसेको स्थानीय कृष्ण गुरुङ बताउँछन् । ‘म मोटरसाइकल चलाउँछु, ठिक वारी थिएँ, पारी ठूलो आवाज आयो, के भयो भनेर हेरेको धुलो बेस्सरी उडिरहेको छ,’ उनले भने, ‘पहिरो दुईपटक आयो, पारी बस्ती थिएन, अरू क्षति भने हुन पाएन ।’

पहिरोपछि केही बेर धुलोले डाँडै ढाकेको उनले बताए । शुक्रबार रातिदेखि नै ढुंगाहरू खस्न सुरु गरेको र बिहानपख ठूलो पहिरो खसेको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले पहिरोबा...

#पहिरो #ठाडो #भर्
Compare →
Onlinekhabar
2h ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो #ठाडो #गोरखा
Compare →
Nagarik News
3d ago
पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती भोग्न बाध्य भएका छन्।

#पहिरो #खसे
Compare →
Bizshala
4d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पहिरो #खसे
Compare →
Arthasansar
4d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

National (Nepal)
Build #2612