पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अवरुद्ध भएको सो सडकखण्ड अहिले पुनः सञ्चालनमा आएको छ ।
राति नै पहिरो गएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका थिए । यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेको थियो । उक्त पहिरो दिउँसो ९ घण्टापछि मात्रै हटाउन सकिएको थियो ।