पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।
काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।
चितवन प्रहरीले बिहान ७:४५ बजेदेखि बाटो खुलेको जानकारी दिएको छ ।
पहिरोका कारण अवरुद्ध सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।