Trending
Prev Story
Next Story

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

Ekantipur •
November 12, 2026 • 01:32 PM
1
1 reads 0 reactions

पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरिने उनले जानकारी दिए ।

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरिने उनले जानकारी दिए ।

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा हाल एक लेनबाट मात्रै सवारीसाधन सञ्चालन भइरहेको छ । पहिरोको जोखिम कायमै रहेकाले तत्काल दुई लेन सञ्चालन नगरिने सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार घोप्टेभीरमा गत साता तीन–चार दिनसम्म पानी नपर्दासमेत ड्राई स्लाइड(पहिरो खस्ने) समस्या देखिएको थियो । अग्लो भीर र ठाडो स्लोप भएकाले सानो ढुंगा वा माटो खस्दासमेत तल आइपुग्दा ठूलो असर पर्न सक्ने जोखिम रहेको उनले बताए ।

‘भीर अग्लो र स्लोप ठाडो भएकाले सानो कुरा गुडेर तल आउँदा पनि ठूलो असर पर्न सक्ने देखिन्छ । अहिले नै दुई लेन सञ्चालन गर्दा सडकमा लामो जाम हुन सक्छ । त्यसैले तत्काल एक लेनबाट मात्रै सवारी चलाएका छौं,’ जैसीले भने ।

तिहारको भाइटीकापछिको सवारी चापलाई ध्यानमा राखेर बिहीबार सडकमा सावधानीपूर्वक ट्राफिक व्यवस्थापन गरिएको उनले जानकारी दिए । रातिको समयमा उक्त खण्डमा सवारी साधन आवतजावतका लागि फ्लडलाइटको व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार दुई लेन सञ्चालनका लागि थप दुई-चार दिनपछि चारदेखि पाँच घण्टा काम गर्ने तयारी छ ।

‘दुई लेन सञ्चालन गर्न थप चार–पाँच घण्टा काम गर्ने तयारी छ । दीर्घकालीन समाधानका लागि परामर्शदाता नियुक्त गरेर भीरलाई स्थिर बनाउने उपाय खोज्छौं,’ जैसीले भने ।

घोप्टेभीरको पहिरो समस्याको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरी अध्ययन गरिने उनले बताए । अध्ययनका आधारमा भीर स्थिरीकरण गर्ने र दीर्घकालीन समाधान खोजिने उनको भनाइ छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन सम...

#घोप्टेभीर #पहिरो #दीर्घकालीन
Compare →
Arthasansar
3d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#घोप्टेभीर #पहिरो #खण्ड
Compare →
Onlinekhabar
3d ago
घोप्टेभीरमा फेरि पहिरो, मलेखु–मुग्लिङ सडकखण्ड बन्द

घोप्टेभीरमा फेरि पहिरो, मलेखु–मुग्लिङ सडकखण्ड बन्द

२४ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अहिले सो सडकखण्ड पूर्ण …

#घोप्टेभीर #पहिरो #खण्ड
Compare →
Nagarik News
3d ago
पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती भोग्न बाध्य भएका छन्।

#घोप्टेभीर #पहिरो
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#घोप्टेभीर #पहिरो
Compare →

Related Stories

National (Nepal)
Build #2611