Trending
Prev Story
Next Story

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

Onlinekhabar •
November 17, 2026 • 04:30 AM
2
2 reads 0 reactions 4 comments

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु …

1 / 2
Swipe Photos

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ ।

फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा डिसेम्बर ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताको खेलहरु हुनेछ । लिग चरणपछि फाइनल खेल हुनेछ ।

नेपालले डिसेम्बर ६ मा भारतसँग पहिलो खेल खेल्नेछ । यस्तै मा्लदिभ्ससँग डिसेम्बर ७ र श्रीलंकासँग डिसेम्बर ८ मा खेल्नेछ ।

लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा हुनेले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

साबा च्याम्पियनको विजेता सिधै फिफा महिला एसिया कपमा छनोट हुने र उपविजेता टिमको छनोट बारे फिबाले अन्तिम निर्णय गर्न बाँकी रहेको राष्ट्रिय महिला बास्केटबल टिमका मुख्य प्रशिक्षक विकास शाहीले जानकारी दिए ।

हाल नेपाली महिला बास्केटबल टोली प्रशिक्षणमा रहेको र साबा बास्केटबलका लागि छिटै १२ सदस्यीय अन्तिम टोली घोषणा गरिने नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

साबा बास्केटबलको लागि राष्ट्रिय टोलीमा समावेश हुने खेलाडीले दशौँ राष्ट्रिय खेलकुद नखेल्ने गुरुङले जानकारी दिए ।

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुनेछ । महिला बास्केटबलको प्रतिस्पर्धा भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछ । तर राष्ट्रिय खेलकुद खेलेर लगत्तै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा ट्राभल देखि धेरै कुराले असर गर्ने हुँदा राष्ट्रिय खेलकुद नखेल्ने प्रशिक्षक शाहीले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
20h ago
मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मंसिर ५ देखि ८ गतेसम्म चल्ने महोत्सवमा ३० वटा स्टल, फुड फेस्टिभल र १२.५ किलोमिटर ट्रेल रेस आयोजना हुनेछ।

#देखि
Compare →
Arthasansar
3d ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#देखि
Compare →

Related Stories

National (Nepal)
Build #2612