Trending
Prev Story
Next Story

लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले बाेलायाे साधारणसभा

Arthasansar •
November 17, 2026 • 05:05 AM
3
3 reads 0 reactions

सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठले आगामी पुस २...

लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले बाेलायाे साधारणसभा

सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठले आगामी पुस २ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।

आठौं वार्षिक साधारणसभा पुस २ गते अमृतभोग क्याटरिङ कालिकास्थान काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने छ । उक्त सभाले सेयरधनीहरुका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्ने लगायतका विभिन्न प्रस्तावहरु पारित गर्ने छ । त्यस्तै कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीमा कायम सेयरधनीहरुलाई आ.व. २०८२/०८३ सम्मको मुनाफा रकम बाट कम्पनीको चुक्ता पुँजी रु ५,२२,४२,७५,००० (अक्षरेपी पाँच अर्ब बाइस करोड बयालिस लाख पचहत्तर हजार रुपैयाँ मात्र) को १५ प्रतिशतका दरले हुन आउने रु ७८,३६,४१,२५०।– (अक्षरेपी अठहत्तर करोड छत्तीस लाख एकचालिस हजार दुई सय पचास रुपैयाँ मात्र) लाभांश कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव छलफल गरी पारित गर्ने छ ।

कम्पनी ऐन, २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभुत सेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासंग तथा यसै संस्थासंग सम्बद्ध कम्पनीसंग गरेको कारोबार विबरणलाई अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने छ । विशेष पस्तावका रुपमा कम्पनीको अधिकृत पुँजी वृद्धि गरी रु. ६,००,००,००,०००(अक्षरेपी छ अर्ब रुपैयाँ मात्र) कायम गर्ने सम्बन्धी प्रस्ताव, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई आ.व. २०८२/०८३ सम्मको मुनाफा रकमबाट कम्पनीको चुक्ता पुँजी रु ५,२२,४२,७५,०००(अक्षरेपी पाँच अर्ब बाइस करोड बयालिस लाख पचहत्तर हजार रुपैयाँ मात्र) को ६ प्रतिशतका दरले हुन आउने रु ३१,३४,५६,५००।– (अक्षरेपी एकतीस करोड चौतीस लाख छपन्न हजार पाँच सय रुपैया मात्र) बराबरको बोनश सेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने तथा उक्त बोनश सेयर वितरण गर्दा हुन आउने खण्डित सेयरलाई पछि समायोजन गर्ने गरी हाल यथावत राख्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै प्रस्तावीत बोनश सेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित भए पश्चात कम्पनीको अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजीमा प्रभाव परी पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन पारित गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै नियमावलीको नियम २७ (२) संशोधन गरी सञ्चालक समितिमा पाँच जना सञ्चालक कायम गर्ने सम्बन्धी प्रस्ताव र सञ्चालकहरुलाई हाल उपलब्ध गराइएको मासिक पत्रपत्रिका तथा सञ्चार भक्ता, बैठक भत्ता तथा उप–समिति बैठक भत्ता फेरवदल गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा भएको संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन फेरबदल वा थपघट गर्न कुनै सुझाव निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी ऐन २०६३ को दफा १०५ बमोजिमको कारोबार विवरणलाई छलफल तथा अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3h ago
सर्वोत्तम सिमेन्टले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने

सर्वोत्तम सिमेन्टले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित आठौँ वार्षिक साधारणसभा...

#साधारणसभा #सर्वोत्तम #लाभांश
Compare →
Ekantipur
20m ago
तीन कम्पनीको लाभांश घोषणा, सर्वोत्तम सिमेन्ट्सको २१ प्रतिशत

तीन कम्पनीको लाभांश घोषणा, सर्वोत्तम सिमेन्ट्सको २१ प्रतिशत

यी कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।

#सर्वोत्तम #लाभांश #सिमेन्ट
Compare →
Hamro Patro News
4d ago
एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एनएमबि बैंकले साधारण सभा बोलाएको छ । बैंकले आगामी मंसिर २५ गते शुक्रवार ३१ औँ वार्षिक साधारण सभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न...

#पारित #लाभांश
Compare →
Onlinekhabar
1w ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#साधारणसभा #लाभांश
Compare →

Related Stories

National (Nepal)
Build #2612