Trending
Prev Story
Next Story

चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

Nagarik News •
November 16, 2026 • 12:07 PM
3
3 reads 0 reactions

स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव गरेको हो।

चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार चैत ५ गतेभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव गरेको हो।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सोही वर्ष जेठ ५ गतेदेखि कार्यभार सम्हालेका थिए। कानुनी व्यवस्थाअनुसार उनीहरूको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ।

प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक तयारी, व्यवस्थापकीय काम र कानुनी प्रक्रियालाई ध्यानमा राखेर आयोगले सरकारलाई उपयुक्त समयबारे परामर्श दिएको बताए।

उनका अनुसार निर्वाचन सम्पन्न गर्न १२० दिनको समय आवश्यक पर्ने भएकाले सरकारले समयमै निर्वाचनको मिति घोषणा गर्नुपर्नेछ।

आयोगले चैत ५ भित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको अवस्थामा सरकारले मंसिर पहिलो साताभित्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति तय गर्नुपर्ने देखिन्छ।

निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूसँग समेत आयोगले यसअघि परामर्श गरिसकेको छ। सोही परामर्श र निर्वाचन व्यवस्थापनको आवश्यकतालाई आधार बनाएर सरकारलाई मिति सिफारिस गरिएको आयोगको भनाइ छ।

यता सरकारले पनि निर्वाचन आयोगसँगको छलफलपछि मिति घोषणाको तयारी अघि बढाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएपछि प्रधानमन्त्रीले आवश्यक राजनीतिक परामर्श गरेर निर्वाचनको मिति तय गर्ने तयारी रहेको बताइएको छ।

निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन बाटो खुल्नेछ। यद्यपि निर्वाचनको अन्तिम मिति भने मन्त्रिपरिषद्को निर्णयपछि मात्रै औपचारिक रूपमा सार्वजनिक हुनेछ।

प्रकाशित: ३० कार्तिक २०८३ १७:५२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

काठमाण्डौ । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। निर्वाचन आयोगले वर्तमान...

#निर्वाचन #मिति #चैत
Compare →
Hamro Patro News
5h ago
स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै, निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन

स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै, निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो । २०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यक...

#निर्वाचन #मिति #चैत
Compare →
Onlinekhabar
2h ago
स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ

३० कात्तिक, सप्तरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले घिसिङले सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनसेवा, सुशासन र विकासको …

#निर्वाचन
Compare →
Ekantipur
20h ago
एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

एमाले राष्ट्रिय भेलाले स्थानीय र प्रदेश निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने

उपाध्यक्ष रामबहादुर थापाले संसद्मा एमालेले खेल्नुपर्ने भूमिकाबारे, अर्का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, सामाजिक र भौतिक विकासबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनबारे प्रतिवेदन पेस गर्ने

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612