काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको मितिबारे दलहरूसँग छलफल गर्ने तयारी गरिरहेका बेला एमालेले निर्वाचनलक्षित राष्ट्रिय भेला गर्न लागेको छ । २ र ३ मंसिरमा काठमाडौंमा हुने राष्ट्रिय भेलामा एमालेले स्थानीय र प्रदेश निर्वाचनको तयारीलाई तत्काल पार्टीको प्रमुख कार्यभारका रूपमा अघि सारेको हो ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले अघि सार्ने दुई कार्यभारमध्ये स्थानीय र प्रदेश निर्वाचनको तयारी रहेको जानकारी दिए । ‘पछिल्लो केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नै अब पार्टी सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा लाग्ने र संगठन गतिशील बनाउने गरी राष्ट्रिय भेलाले निर्णय गर्नेछ,’ उनले भने ।
Read full story at source ( bishowkhabar.com )