Trending
Prev Story
Next Story

सर्वोत्तम पेन्ट्सको साधारणसभाबाट १० प्रतिशत बोनस सेयर पारित, ३७ करोड ४० लाख पुग्यो चुक्तापुँजी

Bizshala •
November 17, 2026 • 05:34 AM
2
2 reads 0 reactions

काठमाडौं। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण...

सर्वोत्तम पेन्ट्सको साधारणसभाबाट १० प्रतिशत बोनस सेयर पारित, ३७ करोड ४० लाख पुग्यो चुक्तापुँजी

काठमाडौं। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। कम्पनीको असोज २५ गते सम्पन्न साधारणसभाले बोनस सेयर वितरणसँगै नगद लाभांश, पुँजी संरचना परिवर्तन तथा सञ्चालक चयनसम्बन्धी विभिन्न प्रस्तावसमेत पारित गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट तत्काल कायम चुक्तापुँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ३७ करोड ४० लाख रुपैयाँ कायम हुने भएको छ। साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने पुँजी संरचनाअनुसार प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट कम्पनीको चुक्तापुँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। उक्त नगद लाभांश लाभांशमा लाग्ने कर प्रयोजनका लागि वितरण गरिने कम्पनीले जनाएको छ।

साधारणसभाले बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ३७ करोड ४० लाख रुपैयाँ कायम गर्ने गरी पुँजी संरचना परिवर्तन गरेको छ।

संशोधित संरचनाअनुसार संस्थापक सेयरधनी समूहको स्वामित्व ७५ प्रतिशत अर्थात् २८ करोड ५ लाख रुपैयाँ रहनेछ। त्यस्तै, सर्वसाधारण सेयरधनी समूहको स्वामित्व २५ प्रतिशत अर्थात् ९ करोड ३५ लाख रुपैयाँ कायम हुने व्यवस्था गरिएको छ।

कम्पनीले दुवै समूहका सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
47m ago
लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले बाेलायाे साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले बाेलायाे साधारणसभा

सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठले आगामी पुस २...

#साधारणसभा #सर्वोत्तम #पारित
Compare →
Ekantipur
20m ago
तीन कम्पनीको लाभांश घोषणा, सर्वोत्तम सिमेन्ट्सको २१ प्रतिशत

तीन कम्पनीको लाभांश घोषणा, सर्वोत्तम सिमेन्ट्सको २१ प्रतिशत

यी कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।

#सर्वोत्तम
Compare →
Hamro Patro News
4d ago
एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एनएमबि बैंकले साधारण सभा बोलाएको छ । बैंकले आगामी मंसिर २५ गते शुक्रवार ३१ औँ वार्षिक साधारण सभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न...

#पारित
Compare →
Onlinekhabar
1w ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#बोनस
Compare →

Related Stories

Business & Economy
Build #2612