काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।