Trending
Prev Story
Next Story

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज कहिले ?

Arthasansar •
November 17, 2026 • 05:05 AM
3
3 reads 0 reactions

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज कहिले ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले मंसिर २३ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ४० औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3h ago
सर्वोत्तम सिमेन्टले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने

सर्वोत्तम सिमेन्टले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित आठौँ वार्षिक साधारणसभा...

#साधारणसभा #लाभांश #बोलायो
Compare →
Hamro Patro News
4d ago
एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एनएमबि बैंकले साधारण सभा बोलाएको छ । बैंकले आगामी मंसिर २५ गते शुक्रवार ३१ औँ वार्षिक साधारण सभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न...

#लाभांश #सभा #बैंकले
Compare →
Onlinekhabar
1w ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#साधारणसभा #लाभांश
Compare →
Ekantipur
1w ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #सभा
Compare →

Related Stories

Business & Economy
Build #2612