Trending
Prev Story
Next Story

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

Onlinekhabar •
November 08, 2026 • 08:31 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् ।

आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।

तिहारअघि नै लाभांश घोषणा गरिसकेका तर, तिहारपछि सेयर किन्दा पनि लाभांश पाइने अझै १७ कम्पनी छन् । कम्पनीहरूले पहिले लाभांश घोषणा गर्छन्, त्यसपछि ‘बुक क्लोज’ तथा साधारणसभा बस्ने मिति तय गर्दछन् । बुक क्लोज नहुँदासम्म सेयर किन्दा घोषित लाभांश पाइन्छ । यिनै सूचीकृत १७ कम्पनीको बुक क्लोज मिति तय नभइसकेकाले सेयर किन्दा लाभांश पाइने भएको हो ।

यसरी लाभांश घोषणा गरेका तर बुक क्लोज नभइसकेका वा तिहारपछि सेयर किन्दा लाभांश पाइने कम्पनीमा ३ वटा वाणिज्य बैंक छन् । त्यस्तै २ विकास बैंक, १ उत्पादन तथा प्रशोधन समूहको, ६ जलविद्युत् कम्पनी र ५ लघुवित्त कम्पनी छन् ।

केही कम्पनीले बोनस सेयर, केहीले नगद लाभांश र केहीले मिश्रित लाभांश घोषणा गरेका छन् । नगद लाभांश साधारणसभा सम्पन्न हुनेवित्तिकै कम्पनीले सेयधनीको बैंक खातामा जम्मा गर्न सुरु गर्दछन् । सामान्यत: घोषित १ प्रतिशतभन्दा कम नगद लाभांश भने बोनस सेयरको कर प्रयोजनका लागि मात्रै हुनेछ ।

बोनस सेयर जम्मा हुने हकमा थप केही बढी समय लाग्दछ ।  धितोपत्र बोर्डमा दर्ता भएपछि मात्रै डिम्याट खातामा बोनस सेयर जम्मा हुन्छ । बोनस सेयरका हकमा बढेको सेयर संख्याअनुसार मूल्य पनि बुक क्लोजका दिन समायोजन (घट्ने) हुन्छ ।

यी हुन् तिहारपछि सेयर किन्दा लाभांश पाइने कम्पनी

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#लाभांश #तिहारपछि #किन्दा
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #पाइने #तिहारपछि
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#लाभांश #घोषणा
Compare →
Hamro Patro News
10h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ । कार्तिक २७, २०८३ कान्तिपुर संंवाददाता काठमाडौँ ...

#लाभांश #घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2611