एनएमबि बैंक लिमिटेडले वार्षिक साभारणसभा आह्वान गरेको छ । बैंकले मंसिर २५ गतेका लागि ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्ने छ । सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत (कर प्रयोजनार्थसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।