Trending
Prev Story
Next Story

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

Nagarik News •
November 13, 2026 • 01:59 PM
1
1 reads 0 reactions

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

गण्डकी प्रदेशको एकमात्र उत्तरी नाका कोरला हुँदै सञ्चालनमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामै वार्षिक राजश्व लक्ष्यभन्दा बढी रकम संकलन गरेको छ। कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि ९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। तर साउनदेखि कात्तिकसम्मको चार महिना पूरा नहुँदै कार्यालयले १२ अर्ब ५५ करोड १४ लाख ५३ हजार २ सय २२ रुपैयाँ राजश्व संकलन गरिसकेको छ।

यससँगै कार्यालयले वार्षिक लक्ष्यभन्दा करिब साढे ३ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिनाका अनुसार कात्तिक २६ गतेसम्म यस नाकाबाट २ हजार ६ सय ३ वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्। कात्तिक २५ गतेसम्म २ हजार ४ सय ७८ वटा गेटपास भएका मालवाहक कन्टेनर भित्रिएका थिए भने कात्तिक २६ गते एकै दिन थप १ सय २५ वटा कन्टेनर नेपाल प्रवेश गरेका हुन्।

कोरला नाकाबाट तयारी पोसाक, चिनियाँ कपडा, जुत्ता–चप्पललगायतका सामग्री ठूलो मात्रामा आयात भइरहेको कार्यालयले जनाएको छ। झोला, स्मार्ट कार्ड, सल, दोसल्लालगायतका विभिन्न सामग्री पनि यही नाकाबाट भित्रिने गरेका छन्।

नेपालमा आयात हुने सामान बिग्रिए वा च्यातिएमा प्रयोग हुने विभिन्न आवश्यक सामग्रीसमेत यस नाकाबाट आउने गरेको भन्सार प्रमुख तिम्सिनाले बताए।

तीन महिनामै ६ हजार ८ सयभन्दा बढी ईभी भित्रिए

कोरला नाकाबाट पछिल्लो तीन महिनामा मात्रै ६ हजार ८ सय २९ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्। त्यसबाहेक ईभीका विभिन्न पार्टपुर्जासमेत आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ।

चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयात पछिल्लो समय उल्लेख्य रूपमा बढेसँगै कोरला नाकाबाट हुने आयात र राजश्व संकलन दुवै बढेको कार्यालय प्रमुख तिम्सिनाले बताए।

नेपालका लागि तुलनात्मक रूपमा नजिकको उत्तरी नाका मानिएको कोरलाबाट पछिल्लो समय आयात तीव्र रूपमा बढे पनि आवश्यक पूर्वाधारको अभावले भन्सार व्यवस्थापनमा चुनौती थपिएको छ।

आयात बढ्दै गए पनि मालवस्तुको जाँचका लागि पर्याप्त भन्सार यार्ड र शेड नहुँदा समस्या भइरहेको कार्यालयले जनाएको छ। भन्सार कार्यालयको भवन, यार्ड व्यवस्थापन तथा कर्मचारी आवास भवनसमेत कामचलाउ अवस्थामा रहेको भन्सार प्रमुख तिम्सिनाको भनाइ छ।

भन्सार गोदामको अभावका कारण मालवस्तुको जाँच र व्यवस्थापनमा समेत कठिनाइ भइरहेको उनले बताए।

विद्युत् आपूर्ति र वैकल्पिक ऊर्जा प्रणालीको अभाव पनि कार्यालयले भोगिरहेको समस्या हो। नियमित विद्युत् आपूर्तिसँगै सोलार र इन्भर्टरजस्ता ब्याकअप व्यवस्थापन आवश्यक रहेको कार्यालयले जनाएको छ।

त्यस्तै, भन्सारमा क्वारेन्टिन, अध्यागमन, बैंकलगायत आवश्यक सरकारी तथा सहयोगी निकायको उपस्थिति नहुँदा काममा थप जटिलता आउने गरेको तिम्सिनाले बताए।

‘भन्सारमा क्वारेन्टिन, इमिग्रेसन, बैंकलगायत अन्य सरकारी तथा सहयोगी निकाय छैनन्, जसका कारण भन्सारका कार्य सञ्चालनमा समस्या आउने गरेका छन्,’ उनले भने।

दक्षिणी नाका त्रिवेणीबाट न्यून राजश्व

गण्डकी प्रदेशको दक्षिणी नाका नवलपुरस्थित त्रिवेणी भन्सार भने छोटी भन्सारका रूपमा परिचित छ। यस नाकाबाट ठूलो परिमाणमा व्यावसायिक सामान आयात हुँदैन।

त्रिवेणी नाकाबाट मुख्यतः चामल, दाल, मकै, आलु, प्याजलगायत दैनिक उपभोग्य वस्तु आयात हुने गरेका छन्। व्यावसायिक रूपमा ठूलो परिमाणमा आयात–निर्यात नहुने भएकाले यस नाकाबाट राजश्व संकलन पनि न्यून रहेको छ।

वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएको कोरला नाकाले चार महिना पूरा नहुँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेसँगै चीनसँगको उत्तरी व्यापारमा यस नाकाको बढ्दो महत्त्व थप स्पष्ट भएको छ। तर बढ्दो आयातलाई व्यवस्थित बनाउन भन्सार यार्ड, गोदाम, विद्युत् तथा आवश्यक सरकारी निकायको उपस्थितिलगायत पूर्वाधार तत्काल विस्तार गर्नुपर्ने आवश्यकता पनि उत्तिकै देखिएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १९:४४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो। ...

#संकलन #लक्ष्यभन्दा #राजस्व
Compare →
Onlinekhabar
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#लक्ष्यभन्दा #राजस्व #संकलन
Compare →
Bizshala
8h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#संकलन
Compare →
Ekantipur
1d ago
विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

#संकलन
Compare →

Related Stories

Business & Economy
Build #2611