Trending
Prev Story
Next Story

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

Ekantipur •
November 12, 2026 • 05:01 AM
1
1 reads 0 reactions

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

हेटौंडा — मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने उद्देश्यले गाउँमै तीन दिन देउसीभैलो खेलेको थियो । विद्यालयको स्वर्ण महोत्सव सफल बनाउन समुदायस्तरमा देउसीभैलो खेलिएको पूर्वविद्यार्थी माधव चौलागाईंले बताए ।

आइतबार, सोमबार र मंगलबार आयोजित देउसीभैलो कार्यक्रममार्फत २६ लाख ३१ हजार ५३० रुपैयाँ सहयोग जुटेको थियो । जसअनुसार भूमिचुली टोल विकास संस्थाबाट ५३ हजार ७६५ रुपैयाँ, सुशासन टोल विकास संस्थाबाट २ लाख ५ हजार रुपैयाँ, कालीदेवी मरङ्गे टोल विकास संस्थाबाट ८८ हजार २५४ रुपैयाँ र कालिदेवी टोल विकास संस्थाबाट ३ लाख ६१ हजार रुपैयाँ देउसीभैलोलाई सहयोग गरेका थिए ।

यसैगरी बाबियोडाँडा टोल विकास संस्थाबाट २ लाख ७१ हजार १२८ रुपैयाँ, देवीडाँडा टोल विकास संस्थाबाट १ लाख ८७ हजार ४८६ रुपैयाँ, मक्रानडाँडा धमिले टोल विकास संस्थाबाट १ लाख ३७ हजार २४७ रुपैयाँ, संगम टोल विकास संस्थाबाट ५ लाख ४२ हजार रुपैयाँ र विद्यालय परिसरमै आयोजित देउसीभैलोमा १ लाख ६८ हजार ५७७ रुपैयाँ सहयोग संकलन भएको विद्यालयले जनाएको छ ।

स्वर्ण महोत्सवका लागि ५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूको नाम विद्यालयको स्वर्ण स्तम्भमा सम्मानपूर्वक अभिलेख गरिने व्यवस्था गरिएको छ । देउसीभैलो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र जनप्रतिनिधि सहभागी थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ । विद्यालयको शैक्षिक विकास तथा ...

#देउसीभैलो #विद्यालय
Compare →
Onlinekhabar
5d ago
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक …

#विद्यालय #संकलन
Compare →
Nagarik News
3h ago
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

#संकलन
Compare →
Bizshala
9h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#संकलन
Compare →

Related Stories

Education & Youth
Build #2611