यसवर्ष पाँचपोखरी थाङपाल गाउँपालिकामा देउसी–भैलोबाट जुटेको १० लाख ७३ हजार ७५८ रुपियाँ श्री थाङपालधाप माध्यमिक विद्यालयको शैक्षिक स्त्तरोन्नतिमा लगानी गरिएको छ ।
प्रधानाध्यापक आत्माराम दंगालका अनुसार उक्त विद्यालयका सेवा क्षेत्रभित्रका विभिन्न घरटोलमा देउसी–भैलो खेलेर जुटेको सो रकम थाङपालधाप माविको शैक्षिक गुणस्तर सुधार्न, भौतिक पूर्वाधार विकासका लागि सहयोग जुटेको बताउनुभयो । देउसी–भैलोसंगै देश–विदेशमा रहेका विद्यालय शुभचिन्तकहरुबाट अनलाइन, क्यूआरमार्फत उक्त सहयोग जुटेको उहाँले बताउनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )