Trending
Prev Story
Next Story

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

Nagarik News •
November 12, 2026 • 11:34 AM
1
1 reads 0 reactions

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा स्याङ्जाको कफुचोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया विपना मगर रहेका छन्।

प्रहरीले उनीहरूलाई सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबजारबाट नियन्त्रणमा लिएको जनाएको छ।

देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक नैतिकताविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: २६ कार्तिक २०८३ १७:१९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

२६ कात्तिक, रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत …

#देउसी #भैलो #अश्लील
Compare →
Hamro Patro News
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

काठमाडौं । रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको...

#देउसी #भैलो #अश्लील
Compare →
Ekantipur
4d ago
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ ।

#देउसी #भैलो
Compare →

Related Stories

Technology
Build #2612