Trending
Prev Story
Next Story

फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

Nagarik News •
November 12, 2026 • 12:19 PM
1
1 reads 0 reactions

मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टोलीले अपर मेवा जलविद्युत् आयोजना, काठमाडौंको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवामा मंसिर २ देखि आयोजना हुने तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको उपस्थितिमा बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष तथा तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला मूल समितिका संयोजक विजय साँवा लिम्बूका अनुसार मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टोलीले अपर मेवा जलविद्युत् आयोजना, काठमाडौंको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल हुनेछ ।

मंसिर ३ गते दुईवटा क्वार्टरफाइनल खेल सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो खेलमा पाँचथरको कुम्मायक गाउँपालिकाको टोलीले मिक्वाखोला गाउँपालिका–२, खोक्लिङस्थित खोक्लिङ सामाजिक युथ क्लबको सामना गर्नेछ । यो प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

त्यसैगरी, सोही दिन तेह्रथुमको फेदाप गाउँपालिकाको टोली र झापाको सैनिक युथ क्लबबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

मंसिर ४ गते हुने चौथो तथा अन्तिम क्वार्टरफाइनलमा मेरिङदेन गाउँपालिकाको ग्रीनभ्याली युथ क्लब र धरानको मरिक एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

मंसिर ५ गते सेमिफाइनलका दुई खेल सञ्चालन हुनेछन् भने मेलाको समापनका दिन मंसिर ६ गते फाइनल खेल आयोजना गरिने आयोजकले जनाएको छ ।

यस वर्ष पनि आयोजकले पुरुष फुटबल प्रतियोगिताका विजेतालाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष साँवा लिम्बूका अनुसार प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछन् ।

फुटबलका विभिन्न विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत नगदको सट्टा अलैँची नै पुरस्कारस्वरूप प्रदान गरिनेछ । अलैँचीको प्रवर्द्धन र स्थानीय उत्पादनको उचित बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको अध्यक्ष साँवा लिम्बूले बताए । उनका अनुसार मेलामा सहभागी अतिथिलाई समेत अलैँची उपहार दिने व्यवस्था मिलाइनेछ ।

नेपालमै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लाका रूपमा परिचित ताप्लेजुङमा स्थानीय उत्पादनलाई पर्यटन र खेलकुदसँग जोड्ने उद्देश्यले आयोजकले पुरस्कारका रूपमा अलैँची वितरण गर्ने अभ्यासलाई निरन्तरता दिएको हो ।

करिब तीन सय मिटर अग्लो चट्टानबाट झर्ने फङ्फङदेन (फुङ्फुङ्गे) झरना बाह्रै महिना अविरल पानी बगिरहने नेपालका थोरै प्राकृतिक झरनामध्ये एक हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय कला, संस्कृति तथा पहिचानको प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएको छ ।

प्रकाशित: २६ कार्तिक २०८३ १८:०४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
फङफङदेन झरना फुटबल विजेतालाई ३ लाखको अलैंची दिइने

फङफङदेन झरना फुटबल विजेतालाई ३ लाखको अलैंची दिइने

मंसिर ६ गते हुने फाइनलका विजेताले तीन लाख दुई हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार पाउनेछन् ।

#झरना #फुटबल #विजेतालाई
Compare →
Bizshala
10h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत् #पर्यटन
Compare →
Onlinekhabar
4d ago
आहा ! सुलिगाड झरना (तस्बिरहरू)

आहा ! सुलिगाड झरना (तस्बिरहरू)

२३ कात्तिक, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित फोक्सुण्डो तालबाट सुलिगाड झरना झर्ने गर्छ । सुलिगाड झर्नाले यस ठाउँको प्राकृतिक मनोरमलाई थप मनमोहक बनाउँछ । समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो ताल …

#झरना
Compare →
Hamro Patro News
6d ago
पोकली झरनालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड

पोकली झरनालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड

नेपालकै दोस्रो अग्लो झरनाका रुपमा परिचित तथा सरकारले घोषणा गरेका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यमा समेटिएको पोकली झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालाल...

#झरना
Compare →

Related Stories

Sports
Build #2611