Trending
Prev Story
Next Story

लागुऔषधसहित पाँच पक्राउ

Nagarik News •
November 12, 2026 • 12:01 PM
1
1 reads 0 reactions

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ।

लागुऔषधसहित पाँच पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट एक र बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट दुई जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफासिरमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ।

यस्तै, प्रहरीले सिराहा र सप्तरीको सीमा क्षेत्र सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट करिब २३१ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय लहान सिराहा र प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरीले सात पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो।

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १७:४६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
लागुऔषधसहित ९ जना पक्राउ

लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक, मोरङको बेलबा...

#लागुऔषधसहित #नियमित #गस्ती
Compare →
Onlinekhabar
3d ago
लागुऔषधसहित १२ जना पक्राउ

लागुऔषधसहित १२ जना पक्राउ

२४ कात्तिक, काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट खैरो हेरोइन १ सय ३० मिलिग्रामसहित कालिकोट खाँडाचक्र नगरपालिका-३ बस्ने २९ वर्षीय जगदिश पाण्डेलाई सोमबार दिउँसो प्रहरीले …

#लागुऔषधसहित
Compare →

Related Stories

Technology
Build #2611