Trending
Prev Story
Next Story

सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक

Ekantipur •
November 12, 2026 • 05:01 AM
1
1 reads 0 reactions

थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटक आउन सुरु गरेका छन् ।यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेका छन् ।

सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक

थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटक आउन सुरु गरेका छन् ।यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेका छन् ।

हेटौंडा — थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटक आउन सुरु गरेका छन् । सुनाखरी पैदलमार्गको नक्सा सार्वजनिक भएको केही समयपछि नै अमेरिका, युरोप र अस्ट्रेलियाका २१ जना पर्यटकले उक्त मार्गको भ्रमण गरेका हुन् ।

२०८२ भदौ १७ गते सुनाखरी पैदलमार्गको नक्सा सार्वजनिक गरिएको थियो ।

थाहा नगरपालिका क्षेत्र सुनाखरीको विविधताका दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ । यस क्षेत्रमा पाइने सुनाखरीको प्राकृतिक विविधता, जैविक सम्पदा र पर्यटकीय सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो बढ्न थालेको छ । विशेषगरी यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेको अवलोकन गर्न सकिन्छ । प्राकृतिक वनस्पति र जैविक विविधतामा रुचि राख्ने पर्यटकका लागि यो पैदलमार्ग आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ । मकवानपुरको भैँसेदेखि थाहा नगरपालिका चित्लाङसम्म १ सय ५० प्रजातिका सुनाखरी पाइन्छन् । विविध प्रजातिका सुनाखरी सिमभञ्ज्याङ र दामन क्षेत्रमा रहेका छन् ।

वनस्पति विज्ञ डा. भक्तबहादुर रास्कोटीको नेतृत्वमा आएको २१ सदस्यीय विदेशी पर्यटक टोलीले चित्लाङदेखि सिमभञ्ज्याङसम्मको सुनाखरी पैदलमार्गको सोमबारदेखि बुधबारसम्म भ्रमण गरेको थियो । भ्रमण टोलीलाई सिमभञ्ज्याङमा थाहा नगरपालिका–४ का वडाध्यक्ष नारायण लामा, करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विनोद लामा, एभरेस्ट क्लबका अध्यक्ष शिवकुमार खत्री तथा स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।

सुनाखरी पैदलमार्गको पहिचान, नक्साङ्कन र प्रचारप्रसारले थाहा नगरपालिकाको प्राकृतिक पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ । विशेषगरी सुनाखरीलाई पर्यटनसँग जोडेर यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीय स्तरमा पर्यटन व्यवसाय, रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा थाहा नगरपालिकाको रहेको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताए । थाहालाई जैविक विविधता तथा प्रकृतिमा आधारित पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न यो अभियानले महत्त्वपूर्ण आधार तयार गरेको उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक #थाले
Compare →
Hamro Patro News
13h ago
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घु...

#पर्यटक
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#पर्यटक
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611