Trending
Prev Story
Next Story

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

Nagarik News •
November 12, 2026 • 12:29 AM
1
1 reads 0 reactions

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताए। उनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा अन्य साना व्यवसायीलाई राहत पुग्न थालेको छ।

“बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै भएको थियो। अहिले बाटोघाटो सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्,” अध्यक्ष तामाङले भने। गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उनले बताए।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाढीपछि अवरुद्ध भएको आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताए। निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि गोसाइँकुण्ड आउने तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्न थालेको बताए। बाढीले बाटोघाटोमा क्षति पुर्‍याएपछि केही समय पर्यटकीय गतिविधि प्रभावित भएको उनको भनाइ छ।

स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय गोसाइँकुण्ड पुग्ने आन्तरिक पर्यटक र युवापुस्ताको सङ्ख्या बढ्दै गएको छ। पहिले जनैपूर्णिमा र गङ्गादशहराको अवसरमा मात्र तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा अहिले वर्षभरिजसो पदयात्री र घुमफिरका लागि आउने पर्यटक देखिन थालेका उनले बताए।

पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रको पर्यटनले स्थानीयको जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्‍याउने व्यवसायी घलेको भनाइ छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्दछ। करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर रहेको छ। कुण्डमा करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि रहँदै आएको छ। हिन्दू धर्मग्रन्थअनुसार समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेको र त्यही पानीबाट कुण्ड बनेको जनविश्वास छ। त्रिशूल प्रहारबाट पानी निस्किएको विश्वासका आधारमा यस क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडेर हेर्ने गरिन्छ।

स्थानीय समुदायमा गोसाइँकुण्डलाई विभिन्न नामले चिनिन्छ। तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गरेका छन्।

गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत अन्य कुण्ड छन्। यस क्षेत्रको ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति पनि पर्यटकका लागि आकर्षणका विषय हुन्।

गोसाइँकुण्ड क्षेत्रको पारिस्थितिकीय महत्त्वलाई ध्यानमा राख्दै विसं २०६४ असोज ५ गते (सन् २००७ सेप्टेम्बर २३) रामसार सूचीमा सूचीकृत गरिएको हो। यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र अन्य हिमाली वनस्पति पाइन्छन्।

गोसाइँकुण्ड नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस क्षेत्रले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ।

विशेषगरी जेठ–असारमा पर्ने गङ्गादशहरा र साउन–भदौमा पर्ने जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताए।

प्रकाशित: २६ कार्तिक २०८३ ०६:१४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#थाले #गोसाइँकुण्ड #पर्यटक
Compare →
Hamro Patro News
1d ago
भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको ब...

#थाले #गोसाइँकुण्ड #पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#गोसाइँकुण्ड #पर्यटक #बढ्न
Compare →
Ekantipur
5d ago
६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

पर्यटक आगमन बढेपछि स्थानीय होटल र होमस्टे व्यवसायी उत्साहित भएका छन् भने धेरैले कोरी तथा कपुचेको पदयात्रा रोजेका छन्।

#पर्यटक #आगमन
Compare →

Related Stories

Science & Climate
Build #2611