Trending
Prev Story
Next Story

६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

Ekantipur •
November 08, 2026 • 05:01 AM
1
1 reads 0 reactions

पर्यटक आगमन बढेपछि स्थानीय होटल र होमस्टे व्यवसायी उत्साहित भएका छन् भने धेरैले कोरी तथा कपुचेको पदयात्रा रोजेका छन्।

६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

पर्यटक आगमन बढेपछि स्थानीय होटल र होमस्टे व्यवसायी उत्साहित भएका छन् भने धेरैले कोरी तथा कपुचेको पदयात्रा रोजेका छन्।

काठमाडौँ — पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उनले बताए ।

गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रा तय गर्ने वडाध्यक्ष गुरुङले जानकारी दिए । छ दिनको पर्यटक आवागमनको विवरणअनुसार सबैभन्दा बढी पर्यटक कात्तिक १८ गते सिक्लेस पुगेका छन् । सो दिन एकैपटक ७१९ जना पर्यटक गाउँ पुगेका थिए भने सबैभन्दा कम कात्तिक १५ गते २५४ जना यहाँ पुगेका वडाध्यक्ष गुरुङले जानकारी दिए ।

पर्यटकको यस्तो उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा नयाँ उत्साह थपेको उनले बताए । कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित छ । यस गाउँमा करिब ४०० घरधुरी छन् । यहाँ गुरुङ समुदायको बाहुल्यता छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका …

#पर्यटक #सिक्लेस #पुगे
Compare →
Hamro Patro News
5d ago
छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका–१ का वड...

#पर्यटक #सिक्लेस #पुगे
Compare →
Nagarik News
5d ago
पर्यटकले भरियो सिक्लेस, छ दिनमै ३ हजार बढी

पर्यटकले भरियो सिक्लेस, छ दिनमै ३ हजार बढी

पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ।

#पर्यटक #सिक्लेस
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Sports
Build #2611