Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी

Ekantipur •
November 08, 2026 • 05:01 AM
1
1 reads 0 reactions

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुदका लागि प्रदेशका नौवटै जिल्लाबाट २ हजार ४ सय ६४ खेलाडी छनोट भएर आएका छन् ।

राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुदका लागि प्रदेशका नौवटै जिल्लाबाट २ हजार ४ सय ६४ खेलाडी छनोट भएर आएका छन् ।

कैलाली — १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ३० वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । त्यसका लागि प्रदेशले खेलाडी छनोट प्रक्रिया अघि बढाएको छ । प्रदेश खेलकुद परिषद्ले कात्तिक २८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुदका लागि प्रदेशका नौवटै जिल्लाबाट २ हजार ४ सय ६४ खेलाडी छनोट भएर आएका छन् । जिल्ला तहबाट छनोट भएका उनीहरूबीच प्रदेशस्तरमा प्रतिस्पर्धा गराएर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अन्तिम टोली तयार गरिनेछ ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रबी’का अनुसार छनोट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । परिषद्ले धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी र सहभागिताबारे जानकारी दिएको हो ।

कात्तिक २८ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा हुनेछ । प्रतियोगितामा खेलाडी, अफिसियल र प्रशिक्षक गरी ७ सय ४४ जनाको सहभागिता रहने परिषद्ले जनाएको छ ।

प्रदेशस्तरीय छनोटमा सम्बन्धित खेलका खेलाडीले आफ्नो प्रदर्शन देखाउनेछन्। त्यसबाट उत्कृष्ट ठहरिएका खेलाडीले सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् ।

राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशको सहभागिता प्रभावकारी बनाउन खेलाडी छनोटसँगै प्रशिक्षण र व्यवस्थापनको तयारी पनि अघि बढाइएको परिषद्ले जनाएको छ । छनोट भएका खेलाडीलाई प्रतिस्पर्धाका आधारमा अन्तिम टोलीमा समावेश गरिनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलक...

#खेलकुद #छनोट #कर्णाली
Compare →
Onlinekhabar
13h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद #छनोट
Compare →
Nagarik News
9h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#सुदूरपश्चिम #खेलमा
Compare →

Related Stories

Sports
Build #2611