Trending
Prev Story
Next Story

चितवनको प्लेअफमा पुग्ने सम्भावना जीवितै

Ekantipur •
November 13, 2026 • 03:01 PM
1
1 reads 0 reactions

चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ । प्ले अफमा स्थान निश्चित नै गर्न टोलीले अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्नु पर्नेछ । चितवनको यस विजयले जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।

चितवनको प्लेअफमा पुग्ने सम्भावना जीवितै

चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ । प्ले अफमा स्थान निश्चित नै गर्न टोलीले अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्नु पर्नेछ । चितवनको यस विजयले जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्ले अफमा पुग्ने आशालाई जीवितै राखेको छ । चितवनले शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्यो ।

टस जितेर ब्याटिङ रोजेको पहिलो सिजनको च्याम्पियन जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८८ रन मात्र बनाउन सकेको थियो । ब्याटिङका लागि कठिन पिचमा चितवनले १७.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ । प्ले अफमा स्थान निश्चित नै गर्न टोलीले अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्नु पर्नेछ । चितवनको यस विजयले जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।

पहिलो ओभरमै ललित राजवंशीले अर्जून साउदलाई शून्यमा बोल्ड गरी जनकपुरलाई आशा देखाएका थिए । युवा तीब्र बलर राहुल यादवले कामिल मिसरालाई १२ र रबि बोपारालाई १३ रनमा बोल्ड गरे । ललितले कप्तान सिकन्दर राजालाई शून्यमा एलबीडब्लु आउट गरे । राहुलले विवेक यादवलाई ७ रनमा विकेटको पछाडि क्याच आउट गराएपछि चितवन छैटौं ओभरमा ३७–५ को स्थितिमा पुगेको थियो ।

डेविड मलानले पूर्व कप्तान कुशल मल्लसँग मिलेर चितवनलाई विजयको नजिक पुर्याए । कुशलले २५ बल खेली १ चौकासहित १५ रन बनाए । डिसिजन रिभ्यु सिस्टममा कट एन्ड बिहाइन्ड भएपछि कुशल आक्रोसित बन्दै क्रिज छाडेका थिए । मलानले संयमीत ब्याटिङ गर्दै चितवनलाई विजयी बनाए । उनले ललितको बलमा विजयी रन छक्का प्रहार गर्दै बटुले । मलानले ३९ बलको इनिङ्समा ३६ रन बनाउनेक्रममा अन्य बाउन्ड्री भने प्रहार गरेका थिएनन् । कमलसिंह ऐरी १० बल खेली ७ रनमा अविजित रहे ।

यसअघि प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको थियो । तृतराज दास ९ बल खेली ५ रन बनाई रन्जीत कुमारको आउट भए । चितवनका कप्तान सिकन्दरले आफ्नै देश जिम्बावेका ब्याटर रायन बर्ललाई ६ रनमा बोल्ड गरी दोस्रो सफलता दिलाए । देव्रेहाते स्पिनर रन्जीतले ओपनर सन्तोष कार्की र हयारी ट्रक्टरलाई आउट गरेपछि चितवनले खेल पूर्णरुपमा नियन्त्रणमा लियो ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका सन्तोषले १ छक्कासहित ११ बलमा १० रन बनाए भने ट्रक्टरले खाता खोल्न पनि भ्याएनन् । विशाल सुस्लिङले १३ बल खेली समान १ चौका र छक्कासहित १५ रन बनाए । तर जिम्मी निसम शून्य र अभिषेक तिवारी ४ रनमा आउट भएपछि जनकपुर ६२–७ को स्थितिमा पुगेको थियो । आदित्य महता २६ बल खेली ४ रनमा आउट भएका थिए ।

कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । २५ बल खेली २ चौका र १ छक्का प्रहार गरी उनी अन्तिम ओभरमा आउट भए । इनिङ्सको अनितम बलमा छक्का प्रहार गरेका राहुल १० बल खेली १० र ललित २ रन बनाई अविजित रहे । चितवनका रन्जीत कुमारले ३ ओभरमा १ मेडन राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिए । सिकन्दरले ४ ओभरमा २ मेडन राख्दै १० र कामिलले ३ ओभरमा १८ रन खर्चेर २–२ विकेट लिए । कमल र रिजन ढकालको नाममा १–१ विकेट रहयो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन #जनकपुर #प्लेअफ
Compare →
Nagarik News
1h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन #जनकपुर #प्लेअफ
Compare →
Hamro Patro News
1h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#चितवन #कर्णाली #जनकपुर
Compare →
Onlinekhabar
1h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#चितवन #जनकपुर #प्लेअफ
Compare →

Related Stories

Sports
Build #2611