यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।
काठमाडौँ — पुस महिनासम्म लगभग धेरै कम्पनीबाट लाभांश पाइने गर्छ । आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा बार्षिक साधारण सभा गरिसक्नु पर्ने व्यवस्थाले गर्दा पनि यी अवधिमा लाभांश पाइने गर्छ ।
सो समयभन्दा पछि साधारण सभा गर्ने कम्पनीहरूले नियामक निकायहरूलाई जरिवाना तिरेर पनि गर्ने गर्छन् ।
अहिले कतिपय कम्पनीबाट लाभांश प्राप्त गर्न सकिने अवधि सकिइसकेको छ । केहीले लाभांश नै घोषणा गरिसकेका छैनन् ।
तर, अहिले पनि घोषणा गरेकामध्ये १८ कम्पनीबाट लाभांश पाउँन सकिने अवस्था छ ।
तिहार पछि लगानीका लागि यी कम्पनीहरू पनि उपयुक्त हुन सक्छन् । यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।
सबैभन्दा धेरै लाभांश प्रस्ताव युनिलिभर नेपालले गरेको छ । यसले प्रतिकित्ता १५४० रूपैयाँ (१५४० प्रतिशत) लाभांश दिने भएको छ ।
पाँच कम्पनीले सबैभन्दा कम लाभांश ५ प्रतिशत हाराहारी लाभांश दिएका छन् ।
यी कम्पनीहरूले घोषणा गरेको लाभांश नियामक निकायहरूले स्वीकृत र सम्बधित कम्पनीहरूको साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।
तहारपछि लाभांश पाइन सकिने यी कम्पनी