Trending
Prev Story
Next Story

लाभांश सिजन : ७३ कम्पनीले घोषणा गरे प्रतिफल, कुन क्षेत्रका कम्पनीका लगानीकर्ताले कति पाउँछन लाभ ?

Arthasansar •
November 12, 2026 • 05:04 AM
1
1 reads 0 reactions

यो लाभांश घोषणा गर्ने, वितरण गर्ने सिजन हो । दशैँ अघि नै केही कम्पनीले लाभांश घोषणा गरि पारित गरेर आफ्ना...

1 / 2
Swipe Photos

यो लाभांश घोषणा गर्ने, वितरण गर्ने सिजन हो । दशैँ अघि नै केही कम्पनीले लाभांश घोषणा गरि पारित गरेर आफ्ना लगानीकर्तालाई वितरण गरिसकेका छन् । केहीले दशैँ पछि यो काम पुरा गरेका छन् । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ७३ वटा विभिन्न कम्पनी तथा म्युचुअल फन्डले आफ्ना सेयरधनी तथा इकाइधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

लाभांश घोषणा गर्ने कम्पनीहरूमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, पर्यटन, लगानी र लघुवित्त क्षेत्रका कम्पनी रहेका छन् । त्यस्तै, विभिन्न सामूहिक लगानी कोष योजनाहरूले पनि आफ्ना इकाइधनीलाई प्रतिफल दिने घोषणा गरेका छन् । घोषित लाभांशमध्ये उत्पादन तथा प्रशोधन समूहको युनिलिभर नेपाल लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । यो कम्पनीले सेयरधनीलाई १ हजार ५४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यता बैंक तथा वित्तीय संस्थातर्फ हेर्दा लाभांश वितरणमा सिद्धार्थ बैंक, गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्स अग्रस्थानमा देखिएका छन् । त्यस्तै, लघुवित्ततर्फ छिमेक लघुवित्त र जलविद्युत् समूहमा माउन्टेन इनर्जी नेपालले हालसम्म घोषणा भएका कम्पनीमा सबै भन्दा बढी लाभांश घोषणा गरेका छन् ।

वाणिज्य बैंकमा सिद्धार्थ बैंकको सबैभन्दा धेरै

हालसम्म वाणिज्य बैंकहरुमध्ये ११ वटाले लाभांश घोषणा गरेका छन् । केहीको लाभांश वितरण समेत भइसकेको छ । लाभांश घोषणा गरेका ११ वटा वाणिज्य बैंकमध्ये सिद्धार्थ बैंकले सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नबिल बैंकले १०.८ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश दिने भएको छ । एभरेष्ट बैंकले पनि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यी बैंकमध्ये केहीले लाभांश साधारणसभाबाट पास गरेर वितरण समेत गरिसकेका छन् ।

त्यस्तै सानिमा बैंक र ग्लोबल आइएमई बैंकले समान १० प्रतिशत लाभांश घोषणा गरेका छन् । एनएमबि बैंकले ७ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत र सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने भएका छन् । कुमारी बैंकले भने २.११ प्रतिशत लाभांश घोषणा गरेको छ । यी बैंकका सेयरधनीहरुले लाभांश प्राप्त गरिसकेका छन् ।

विकास बैंकमा गरिमा र फाइनान्समा मञ्जुश्रीका सेयरधनी मालामाल

लाभांश वितरण गरेका कम्पनीमध्ये विकास बैंक समूहमा गरिमा विकास बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश दिने भएको छ । मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत र महालक्ष्मी विकास बैंकले ७.४८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । फाइनान्स कम्पनीतर्फ मञ्जुश्री फाइनान्स अगाडि देखिएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, आईसीएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

उत्पादन तथा प्रशोधन समूहमा युनिलिभर नेपालले सबै भन्दा धेरै लाभांश विरण गर्ने भएको छ । कम्पनीले १ हजार ५४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको लाभांश दर अन्य क्षेत्रका कम्पनीको तुलनामा निकै उच्च देखिएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल ल्युब आयलले २१.०५२ प्रतिशत र सर्वोत्तम सिमेन्टले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

पर्यटन तथा लगानी समूहको कालिञ्चोक दर्शन लिमिटेडले ८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ८.५ प्रतिशत बोनस सेयर समावेश छ । त्यस्तै, लगानी समूहको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

जलविद्युत् समूहमा माउन्टेन इनर्जी अग्रस्थानमा

जलविद्युत् समूहमा हालसम्म १७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । यस समूहमा माउन्टेन इनर्जी नेपालले सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत प्रतिफल दिने भएको छ । त्यस्तै, कुथेली बुखारी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद गरी कुल १८.९५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

मिड सोलु हाइड्रोपावरले १५.७९ प्रतिशत र सुपर मादी हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । मकर जितुमाया सुरी हाइड्रोपावरले १३.६८ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १३.३८ प्रतिशत र मान्डु हाइड्रोपावरले १२ प्रतिशत लाभांश दिने भएका छन् । त्यस्तै, स्नो रिभर लिमिटेड र विकास हाइड्रोपावरले समान १०.५३ प्रतिशत लाभांश घोषणा गरेका छन् ।जलविद्युत् कम्पनीहरूको लाभांशमा बोनस सेयरको हिस्सा उल्लेख्य देखिएको छ। यसले कम्पनीहरूले सेयरधनीलाई प्रतिफल वितरण गर्नुका साथै चुक्ता पुँजीसमेत वृद्धि गर्ने रणनीति अपनाएको देखाउँछ।

लघुवित्त समूहका ६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । यसमध्ये छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा अगाडि रहेको छ । कम्पनीले ११.९६ प्रतिशत बोनस सेयर र १३.०४ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत, गुराँस लघुवित्तले १० प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत र आरएसडीसी लघुवित्तले ९.४ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । हिमालयन लघुवित्तले भने ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

२५ वटा म्युचुअल फन्डले गरे प्रतिफल घोषणा

कम्पनीहरूसँगै सूचीकृत २५ वटा म्युचुअल फन्ड योजनाले पनि आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। तीमध्ये २२ वटा बन्दमुखी र ३ वटा खुलामुखी योजना रहेका छन् । बन्दमुखी योजनामध्ये हिमालयन ८०–२० ले सबैभन्दा धेरै १५ प्रतिशत प्रतिफल घोषणा गरेको छ। प्रभु स्मार्ट फन्ड, प्रभु सेलेक्ट फन्ड र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले समान १२ प्रतिशत प्रतिफल दिने भएका छन्।

त्यस्तै, कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले समान १० प्रतिशत प्रतिफल घोषणा गरेका छन्। खुलामुखी योजनातर्फ कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत, एनएमबि सरल बचत फन्ड–ईले ५.२५ प्रतिशत र सिद्धार्थ सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन्। सूचीकृत कम्पनी तथा म्युचुअल फन्डहरूले लाभांश घोषणा गरेसँगै सेयर बजारमा लगानीकर्ताको ध्यान लाभांश क्षमतातर्फ पनि केन्द्रित हुने गरेको छ। विशेषगरी नगद लाभांश र बोनस सेयरको अनुपातले कम्पनीको पुँजी संरचना तथा सेयरधनीले प्राप्त गर्ने प्रतिफलको स्वरूप देखाउँछ।

यद्यपि, उच्च प्रतिशतको लाभांश घोषणा गर्दैमा कम्पनीको सेयर स्वतः आकर्षक लगानीको विकल्प हुन्छ भन्ने हुँदैन। लाभांश दरसँगै कम्पनीको प्रतिसेयर आम्दानी, नेटवर्थ, सञ्चित नाफा, व्यवसायको अवस्था र आगामी आम्दानीको सम्भावना पनि मूल्यांकन गर्न आवश्यक हुन्छ। त्यस्तै, बोनस सेयर र नगद लाभांशबीचको भिन्नता बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। बोनस सेयरले कम्पनीको चुक्ता पुँजी बढाउँछ भने नगद लाभांशले सेयरधनीलाई प्रत्यक्ष नगद प्रतिफल दिन्छ। म्युचुअल फन्डको हकमा भने घोषित प्रतिफलसँगै योजनाको खुद सम्पत्ति मूल्य (न्याभ), लगानीको अवस्था र प्रतिफलको स्रोतसमेत हेर्नुपर्छ।

यसर्थ, लाभांश घोषणा भएका कम्पनीहरूको सूचीलाई लगानी निर्णयको एक आधारका रूपमा लिन सकिए पनि कम्पनीको वित्तीय अवस्था र सेयरको बजार मूल्य विश्लेषण गरेर मात्रै लगानीसम्बन्धी निर्णय लिनु उपयुक्त हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#घोषणा #लाभांश #वितरण
Compare →
Ekantipur
7h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#घोषणा #लाभांश
Compare →
Onlinekhabar
11h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#घोषणा #लाभांश
Compare →
Bizshala
6h ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#लाभांश #वितरण
Compare →
Nagarik News
7h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2611