Trending
Prev Story
Next Story

खुवालुङमा साढे २ करोडको लागतमा सांस्कृतिक पूर्वाधार बन्दै

Ekantipur •
November 08, 2026 • 07:01 AM
1
1 reads 0 reactions

परम्परागत शैलीमा निर्माण भइरहेको माङहिममा झिँगटीको छाना, काठका खम्बा र माटोले लिपिएको संरचना तयार पारिनेछ ।

खुवालुङमा साढे २ करोडको लागतमा सांस्कृतिक पूर्वाधार बन्दै

परम्परागत शैलीमा निर्माण भइरहेको माङहिममा झिँगटीको छाना, काठका खम्बा र माटोले लिपिएको संरचना तयार पारिनेछ ।

धनकुटा — धनकुटास्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल खुवालुङ क्षेत्रको प्रवर्धनका लागि साढे २ करोड रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु गरिएको छ ।

सहिदभूमि गाउँपालिका–१ स्थित खुवालुङ क्षेत्रको त्रिवेणीमा गुरुयोजनाअनुसार पहिलो चरणमा कल्चरल माङहिम निर्माण भइरहेको छ । किरात राई यायोक्खासँगको समन्वयमा करिब २५ रोपनी क्षेत्रफलमा विभिन्न संरचना निर्माण गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तम नारायण खरेलले जानकारी दिए ।

उनका अनुसार परम्परागत शैलीमा निर्माण भइरहेको माङहिममा झिँगटीको छाना, काठका खम्बा र माटोले लिपिएको संरचना तयार पारिनेछ । २०८२ चैत १७ गते सम्झौता भएको निर्माण कार्य २०८४ असोज १६ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय र पूर्वाधार विकास कार्यालय धनकुटामार्फत आयोजना कार्यान्वयन भइरहेको हो । टीएम–साइमन जेभीसँग भ्याट र पीएससहित २ करोड ४५ लाख १७ हजार ६ सय ५७ रुपैयाँ १७ पैसामा निर्माण सम्झौता भएको छ ।

खुवालुङ किरात राई, लिम्बू, याक्खा र सुनुवारलगायत समुदायको साझा सांस्कृतिक सम्पदाका रूपमा परिचित छ । किरात भाषामा ‘खुवा’ को अर्थ पानी र ‘लुङ’ को अर्थ ढुंगा हो । सप्तकोशी नदीको बीचमा रहेको विशाल ढुंगालाई खुवालुङ भनिन्छ । यसलाई किरात समुदायको इतिहास, मुन्धुमी ज्ञान, परम्परा र सभ्यतासँग जोडेर हेरिन्छ ।

२०७७ सालमा सप्तकोशीमा जलयातायात सञ्चालनका लागि खुवालुङ ढुंगा फुटाउने विषय सार्वजनिक भएपछि यसको संरक्षणको माग गर्दै व्यापक विरोध भएको थियो । त्यसपछि खुवालुङलाई धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

गुरुयोजनाअनुसार निर्माण हुने संरचनाले खुवालुङको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नुका साथै धार्मिक गतिविधि सञ्चालन र पर्यटकीय आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
फैलिँदै तिहार, फेरिँदै शैली

फैलिँदै तिहार, फेरिँदै शैली

फैलिँदै तिहार, फेरिँदै शैली तिहार नेपालबाट विश्वभर फैलिँदै जाँदा यसलाई मनाउने शैली पनि परिवर्तन आएको छ । देउसी–भैलोको मौलिक भाकादेखि चंगा र परम्परागत खेलसम्म फेरिँदै गएको छ । नयाँ पुस्ताले परम्परा...

#परम्परागत #शैली
Compare →
Nagarik News
5d ago
नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार

नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार

अहिले गलसी क्षेत्रमा उनका तीन वटा चामल मिल छन्। उनको व्यवसाय पश्चिम बंगालमा मात्र सीमित छैन। उनले भियतनाम, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा समेत चामल निर्यात गर्दै आएका छन्।

#साढे #करोडको
Compare →

Related Stories

Building & Construction
Build #2611