Trending
Prev Story
Next Story

कलाकारको तिहार : कसैलाई झिलिमिलीको रहर, कसैलाई पटकथा लेख्ने ध्याउन्न

Ekantipur •
November 08, 2026 • 07:01 AM
1
1 reads 0 reactions

कलाकारका लागि तिहार पारिवारिक सम्झना, किनमेल र आत्मीयताको अवसर पनि हो । उनीहरूका तिहार योजना र किनमेलका रुचि भने आ–आफ्नै छन् ।

कलाकारको तिहार : कसैलाई झिलिमिलीको रहर, कसैलाई पटकथा लेख्ने ध्याउन्न

कलाकारका लागि तिहार पारिवारिक सम्झना, किनमेल र आत्मीयताको अवसर पनि हो । उनीहरूका तिहार योजना र किनमेलका रुचि भने आ–आफ्नै छन् ।

काठमाडौँ — हिन्दु धर्मावलम्बी नेपालीमा तिहार नजिकिएसँगै छुट्टै उत्साह र रौनक सुरु हुन्छ । तिहार संस्कृतिसँगै हुर्किएका नेपाली कलाकारहरूमा पनि त्यसको रौनकले छुन्छ ।

अभिनेत्री ऋचा शर्मालाई तिहारको बेला गरिने पूजाआजा र झिलिमिलीसँग विशेष आकर्षण छ । उनले यमपञ्चकको पूजाआजा र लक्ष्मीपूजाका लागि चाहिने सामग्री किनमेल गरिसकेकी छन् । लक्ष्मीपूजाका दिन आज घर र कार्यालय सफा गर्ने, रंगोली बनाउने, लक्ष्मीका पाउ भित्र्याउने तथा गणेश, लक्ष्मी, नारायण र सरस्वतीको पूजा गर्ने उनको योजना छ । ‘लक्ष्मीपूजाका लागि कुचो, कमलगाँठो, चक्र, माटोका पालाहरू र लक्ष्मीका पाउहरू म हरेक वर्ष किन्ने गर्छु,’ उनी भन्छिन्, ‘सकेसम्म सुपरमार्केट जानुभन्दा भुइँमा राखेर बेच्ने व्यापारीहरूबाटै दियो, लक्ष्मीका पाउ, कमलगाँठो, फूल आदि किन्ने गर्छु ।’

सेलरोटी बनाउनचाहिँ ऋचालाई कहिल्यै आएन । तर परिवारका अन्य सदस्यहरूलाई खिर र मालपुवा असाध्यै मन पर्छ । ‘त्यसकारण पनि जति जानेको छु, त्यहीअनुसार मालपुवा, खिर र रंगीन रोटीहरू बनाएर चढाउँछु,’ उनले भनिन् । लक्ष्मीपूजाको दिन काठमाडौं घुम्ने र झिलिमिली हेर्ने उनको रहर पनि हरेक वर्ष दोहोरिन्छ ।

भाइटीका पनि उनका लागि उत्तिकै विशेष छ । भाइलाई चाहिएको कपडा र खानेकुरा किन्न उनी असाध्यै मन पराउँछिन् । उनका भाइ उपहारमा प्रायः साइकल नै मन पराउँछन् । यस पटक पनि भाइको चाहनाअनुसार नै उपहार दिने उनको योजना छ ।

गायिका एलिना चौहानलाई पनि तिहारमा किनमेल गर्न मन पर्छ । विशेष गरी धनतेरसका दिन चाँदीका सामान र लक्ष्मीपूजाका लागि आवश्यक सामग्री किन्न उनी रुचाउँछिन् । ‘मलाई चाँदीका सामग्रीहरू किन्न पहिल्यैदेखि मन पर्थ्यो । खड्कुलो, करुवा, दियो तथा महादेवको पूजामा प्रयोग हुने जलधाराजस्ता वस्तुहरू जोड्न मन पर्छ,’ उनले भनिन् ।

एलिनाले अघिल्ला वर्षहरूमा झापामा परिवारसँग तिहार मनाउन पाएकी थिइनन् । यस पटक पनि आफ्नै व्यवसाय भएको ठाउँमा लक्ष्मीपूजा गर्ने योजनामा छिन् उनी । भाइटीका लगाउन भने उनी झापा जानेछिन् । तिहार नजिकिएसँगै आफ्नै कपडा पसल रमणीको पनि व्यापार राम्रो भइरहेको उनले सुनाइन् । ‘अर्डरहरू पनि राम्रै आइरहेका छन् । मेकअपका सामान, सनस्क्रिन र कुर्ताहरूको व्यापार राम्रो भइरहेको छ,’ उनले भनिन् ।

भाइटीकाको दिन पनि उनी भाइलाई सधैं केही न केही उपहार दिन्छिन् । प्रायः कपडा नै उपहार दिएको सम्झना छ उनलाई । ‘अहिले पनि उसलाई जे मन पर्छ, त्यही किनिदिन्छु,’ उनले भनिन् ।

अभिनेत्री गौरी मल्ललाई भने यस पटक तिहारको रमझमले छोएको छैन । बाआमा भइन्जेल उनलाई तिहार रमाइलो लाग्थ्यो । ‘उहाँहरू हुँदा झिलिमिलीका सामानहरू किन्थें । रमाइलो लाग्थ्यो । उहाँहरू नै नभएपछि मलाई तिहारको रमझमले खासै प्रभाव पारेन,’ उनी भन्छिन् ।

यस पटक भोटेकोशी बाढीबाट थुप्रै नेपालीले ज्यान गुमाएका कारण गौरीलाई दसैंतिहार झन् खल्लो लागेको छ । ‘त्यही भएर यस पटक म तिहार मनाउँदिनँ । मेरा लागि यो वर्ष शोककै घडी हो,’ उनले भनिन् ।

अभिनेता खगेन्द्र लामिछाने भने तिहारमा नयाँ योजना बनाइरहेका छन् । उनको योजना हो– यस अवसरमा नयाँ पटकथा तयार पार्नु । ‘यस पटक म गाउँ जाँदिनँ । तिहारको समय भरपूर सदुपयोग गरेर पटकथा लेख्छु,’ उनले सुनाए, ‘लक्ष्मी र सरस्वती माताको आराधना गर्दै तिहारसम्ममा स्क्रिप्टकै समय दिन्छु ।’

अरू बेला भने उनको तिहार गाउँमा बित्थ्यो । लक्ष्मीपूजा भित्र्याउने, झिलिमिलीका सामान किनेर घर सजाउने कार्यमा उनी रमाउँथे । ‘यस पटक घरमा बाआमाले नै सबै किनमेल गर्नुहुन्छ,’ उनले भने ।

अभिनेता अरुण क्षेत्री पनि यस पटक काठमाडौंमा एक्लै छन् । दिदी फरक देशमा भएका कारण भाइटीका लगाउने अवसर यो वर्ष जुरेन । नत्र त बच्चैदेखि दिदीले अरुणलाई मन पर्ने कपडा किन्दिन्थिन् । अरुण भने दिदीलाई दक्षिणाका रूपमा पैसा दिन्थे ।

यसपालि पनि दक्षिणा ‘क्यूआर’ बाट दिने योजना छ अरुणको । ‘तिहारको बेला भिडियो कल गर्छु अनि दिदीलाई क्यूआर पठाउन लगाएर दक्षिणा दिन्छु,’ उनले भने ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आ...

#तिहार
Compare →
Arthasansar
15h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611