Trending
Prev Story
Next Story

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

Ekantipur •
November 13, 2026 • 10:02 AM
1
1 reads 0 reactions

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

मुम्बई — कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव रहेको समयको सम्झना गराएको छ । कलाकारका साथै उनीहरूका परिवार र बालबालिकाको सुरक्षाका लागि निजी अङ्गरक्षकको माग बढेको छ ।

प्रहरीले पछिल्ला घटनालाई जेलमा रहेका भारतीय अपराधी लरेन्स बिश्नोईको गिरोहसँग जोडेर अनुसन्धान गरिरहेको छ । गत अक्टोबरमा अभिनेता टाइगर श्राफको गाडीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो भने अभिनेता तुषार कपुरसँग ६ लाख अमेरिकी डलर फिरौती मागिएको थियो । गोलीकाण्डमा संलग्न भएको आरोपमा सङ्गठित अपराध नियन्त्रण कानुनअन्तर्गत १३ जना पक्राउ परेका छन् ।

अभिनेता तथा सुरक्षा सेवा कम्पनीका सञ्चालक रोनित रोयका अनुसार कलाकार र उनीहरूका परिवारले सुरक्षाका लागि अङ्गरक्षक राख्ने क्रम बढाएका छन् । लेखक एस हुसेन जैदीले केही अवसरवादी अपराधीले चर्चित गिरोहको नाम प्रयोग गरी त्रास फैलाइरहेको बताएका छन् ।

यसैबीच, अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका छन् भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

सन् १९९० को दशकमा आपराधिक गिरोहले चलचित्र निर्माण, कलाकार छनोट र वितरणमा प्रभाव जमाउन फिरौती तथा धम्की दिने गरेका थिए । दाउद इब्राहिम र छोटा राजन त्यस समयका चर्चित अपराधी थिए । सन् १९९९ मा सङ्गठित अपराध नियन्त्रणका लागि प्रहरी कारबाही तीव्र भएपछि र चलचित्र क्षेत्रमा व्यावसायिक लगानी बढेपछि उनीहरूको प्रभाव घटेको थियो ।

बिश्नोई गिरोहलाई अभिनेता सलमान खानविरुद्धका धम्कीसँग पनि जोडिएको छ । सन् १९९८ मा कालो हरिणको सिकार गरेको आरोपपछि खानलाई धम्की दिइएको थियो । भारतीय अधिकारीहरूले गिरोहका सदस्यलाई खानको निवासबाहिर गोली चलाएको र सन् २०२४ मा राजनीतिज्ञ बाबा सिद्दीकीको हत्यामा संलग्न भएको आरोप लगाएका छन् ।

अपराध पत्रकार अहमद अलीले पछिल्ला धम्कीमध्ये केही बिश्नोईको नामबाट लाभ लिन खोज्ने व्यक्तिका प्राङ्क कल हुन सक्ने बताए । सन् १९९० को दशकमा फिरौती र धम्कीको सामना गरेका चलचित्र निर्देशक राजीव रायले अहिलेका घटनाको उद्देश्य पहिलेको भन्दा फरक देखिएको बताएका छन् । निर्माता बोनी कपुरले पछिल्लो हिंसा लामो समय नटिक्ने विश्वास व्यक्त गर्दै गोली प्रहारका घटनालाई भने बेवास्ता गर्न नहुने धारणा राखेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

#सुरक्षा #कलाकार #बलिउड
Compare →
Hamro Patro News
7h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

मुम्बई । कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक ग...

#सुरक्षा #कलाकार #बलिउड
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611